Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुन्ना बाबू परियार जो ओमानामा गुरुप अफ कम्पनी खोल्न सफल भए

मुन्ना बाबू परियार जो ओमानामा गुरुप अफ कम्पनी खोल्न सफल भए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • १६:१८:०२ बजे
  • 3.1K
    SHARES
  • मुन्ना बाबू परियार जो ओमानामा गुरुप अफ कम्पनी खोल्न सफल भए

     ओमानमा विगत ५ वर्ष देखि क्लाउड क्रस group of  कम्पनी खोलेर बसेका मुन्ना बाबू परियारले माओवादी जनसेना देखि  कतार र अहिले ओमानमा गुरुप अफ कम्पनी बनाउन सफल भएका छन ।

    images

    गोर्खा जिल्लामा जन्मेका मुन्नाले पढाइ गोर्खा हुदै  त्रिचन्द्र क्याम्पस काठमाडौमा गरेका थिए । यसरी कम्पनी बनाउन निकै लामो संघर्ष गरेको उनी बताउछन् ।

    नेपालमा अवसर भए पनि मानवीय सम्मान छैन । उच्च निच भन्ने जुन पुरानो रुढीबादी परम्परा छ त्यसले केही गर्छु भन्नेलाई पनि बाधा अबरोध गरेको खडा गरेको छ ।

    नेपालमा विकास नहुनु पनि एउटा यहि कारण रहेको बताउछन्  । अहिलेको यो युगमा उच्च निचको बिचार  सबैले त्याग्नु पर्छ, यसले समाज देखि आर्थिक गतिविधिमा असर गरेको छ नै नेपालमा नै  केही गर्छु भन्ने युवालाई हतोत्साहित बनाएर बिदेशीन बाध्य बनाएको कति घटना हामिले देखेका छौ ।

    राज्यमा विभेद गर्नेलाई दण्ड गर्ने कानुन त छ  कानुन मात्रै भएर पनि हुदैन कार्यान्वयन हुनुपर्छ । त्यो नेपालमा कमै मात्रमा भएको महसुस गर्द्छु ।

    समाजमा रहेको रुढीबादी अन्य गर्न सबै लाग्नु पर्छ ।जातिय हिसाबले कसैले कसैलाई विभेद गर्नु हुदैन विभेद गरेर हतोत्साहित गराउदा देशलाई नै धेरै घाटा हुन्छ । केही गर्छु भन्ने युवाको मनोबल घट्छ ।

    जस्ले नयाँ सिर्जनात्मक उद्योगहरु स्थापना हुन सक्दैनन् । विभेदले गर्दा उत्पादन गरिएको सामान बिक्रीवितरण हुन कठिनाइ हुन्छ बिक्रि नभए पछि युवा शक्ति बाध्यता भएर त्यो पेसा व्यापार छोडेर पलायन हुन बाध्य हुन्छ ।

    यो विषयमा राज्य र समाज गम्भीर भएर सोच्नु पर्छ हामी २१ औं शताब्दीमा पनि उच्च,निच रुढीबादी चिन्तन बाट निस्कन सक्नु पर्छ उनले भने । फेरि पनि छिट्टै नेपालमा पनि लगानी गर्ने तयारी गरेको छु ।

    कोरोना अहिले अलि कम भएको छ यो सामान्य  भएर पुरानो अवस्थामा आयो भने होटल क्षेत्रमा लगानी गर्ने तयारी भएको छ यसको लागि २/३ वर्ष लाग्न सक्छ । त्यो भन्दा छिटो पनि हुन सक्छ भने ।

    यसै सन्दर्भमा नेपालीहरुको महान पर्व दशै,दिपावली तथा छठपर्व २०७८  को,देश बिदेशमा रहनु भएका सम्पुर्ण आमाबुबा,दाजुभाइ दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology