Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बाढीपीडितको सहयोगार्थ एनआरएनए कुवेतले आगामी १२ नोभेम्बरमा देउसी–भैलो खेल्ने

बाढीपीडितको सहयोगार्थ एनआरएनए कुवेतले आगामी १२ नोभेम्बरमा देउसी–भैलो खेल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०८३ बिहिवार • १२:४८:३४ बजे
  • 139
    SHARES
  • बाढीपीडितको सहयोगार्थ एनआरएनए कुवेतले आगामी १२ नोभेम्बरमा देउसी–भैलो खेल्ने

    कुवेत - नेपालीहरूको महान् चाड शुभ दीपावलीको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले भोटेकोशी बाढीपीडितको सहयोगार्थ देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

    images

    एनआरएनए कुवेतका अध्यक्षद्वय विकासबहादुर सिंह र दिलकुमार पाख्रिनबीच बुधबार भएको छलफलले आगामी नोभेम्बर १२ तारिख बिहीबार साँझ खैतानस्थित राजधानी रेस्टुरेन्टमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

    कार्यक्रममा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार कुमार प्रयास राईको विशेष उपस्थिति रहनेछ। देउसी–भैलो खेलेर संकलन गरिएको रकम गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोगस्वरूप नेपाल पठाइने निर्णयसमेत भएको छ।

    कार्यक्रम सञ्चालनका लागि संघका वरिष्ठ उपाध्यक्ष निरजसिंह ठकुरीलाई संयोजक र प्रवक्ता हर्क मोक्तानलाई आर्थिक संयोजकको जिम्मेवारी दिइएको छ।

    नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै विपद्मा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमले कुवेतस्थित नेपाली समुदायबीच आपसी एकता र सहयोगको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology