Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

साउदी अरबमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०८३ बिहिवार • ०८:४०:१८ बजे
  • 256
    SHARES
  • साउदी अरबमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

    काठमाडौँ - साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ । मृतकमा एक फिलिपिनी नागरिक पनि रहेको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    images

    साउदी अराम्कोको परियोजनालाई लक्षित गरी बुधबार बिहान गरिएको ड्रोन आक्रमणका क्रममा यो घटना भएको हो । मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रतर्फ आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोक्न सफल भएको थियो ।

    तर, ड्रोनलाई रोक्ने क्रममा त्यस क्षेत्रमा काम गरिरहेको ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी हुन गएको थियो । सोही घटनामा एक नेपाली र एक फिलिपिनी नागरिकको मृत्यु भएको र एक-एक पाकिस्तानी तथा भारतीय नागरिक घाइते भएको मन्त्रालयले विज्ञप्ती जारी गर्दै जनाएको छ ।

    मन्त्रालयले आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालन तथा उत्पादनमा कुनै असर नपारेको स्पष्ट पारेको छ । घटनालगत्तै सम्बन्धित निकायहरूले आवश्यक सुरक्षा कदम चालेको पनि मन्त्रालयले जनाएको छ ।

    यसैबीच, मन्त्रालयले मृतकहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    घटनामा मृत्यु भएका नेपाली नागरिकको नाम र ठेगाना भने अझै सार्वजनिक गरिएको छैन ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology