Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा घरेलु मदिरा उत्पादन गर्ने ३ नेपालीसहित ७ जना पक्राउ

कुवेतमा घरेलु मदिरा उत्पादन गर्ने ३ नेपालीसहित ७ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०८३ शुक्रवार • ०८:१२:०७ बजे
  • 382
    SHARES
  • कुवेतमा घरेलु मदिरा उत्पादन गर्ने ३ नेपालीसहित ७ जना पक्राउ

    कुवेत, २३ अक्टोबर २०२६ - कुवेत प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने ३ नेपालीसहित ७ जनालाई पक्राउ गरेको छ । 

    images

    अहमदी गभर्नरेट प्रहरीले वाफ्राको एक घरभित्र अवैध रूपमा सञ्चालन भइरहेको घरेलु मदिरा उत्पादन कारखानाको पर्दाफास गरेको हो । उक्त अवैध धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जना भारतीय र ३ जना नेपाली नागरिकसहित ७ जना संदिग्धहरूलाई पक्राउ गरेको अरब टाइम्स कुवेतमा समाचार छ । 

    कुवेतको आन्तरिक मन्त्रालयका अनुसार, वाफ्रा आवासीय सहकारी संस्था नजिक नियमित गस्तीमा रहेको प्रहरी टोलीले पार्किङ क्षेत्रमा उल्टो दिशाबाट गुडिरहेको एउटा शंकास्पद सवारी साधनलाई रोकेको थियो। सो क्रममा चालकसँग सोधपुछ गर्दा गाडीभित्र बोरामा प्याक गरिएका मदिराका बोतलहरू फेला परेका थिए। 

    चालकको बयानका आधारमा अहमदी सुरक्षा निर्देशनालयको टोलीले वाफ्रास्थित उक्त घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा प्रहरीले कारखानाबाट ८२० बोतल तयारी मदिरा, ११० ब्यारेल कच्चा पदार्थ, दुईवटा वाटर हिटर र मदिरा ओसारपसारमा प्रयोग गरिने दुईवटा सवारी साधन बरामद गरेको छ। 

    पक्राउ परेका सबै ७ जनालाई थप कानुनी कारबाही र डिपोर्टेसनको प्रक्रियाका लागि सम्बन्धित सरकारी निकायमा पठाइएको कुवेत प्रहरीले जनाएको छ। कुवेतमा मदिरा उत्पादन, बिक्री-वितरण र उपभोग पूर्ण रूपमा प्रतिबन्धित छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology