Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोंगबु हत्या : चितवनबाट एक जना पक्राउ

गोंगबु हत्या : चितवनबाट एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • २०:१४:०६ बजे
  • 1.8K
    SHARES
  • गोंगबु हत्या  : चितवनबाट एक जना पक्राउ

    काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्रेको छ । चितवनटाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीको स्रोतले बतायो। उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । आइतबारविहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र बुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

    images

    टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराकोमामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो । गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतकोघरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर परटाउको र गोडा फेला परेको थियो । पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको टाउको डगस्कुलबाट तालिम प्राप्त कुकुरको मद्दतबाट फेला पारेको थियो । शव पोष्टमर्टमको लागि  टिचिङ अस्पताल काठमाण्डौमा  छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology