Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा पत्रकार शाहीको निधन

कुवेतमा पत्रकार शाहीको निधन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन २८, २०७८ बिहिवार • १९:३४:०० बजे
  • 2.7K
    SHARES
  • कुवेतमा पत्रकार शाहीको निधन

    नेपाल पत्रकार महासंघका वैदेशिक शाखा कुवेतका सदस्य तथा कुशल पत्रकार माधव शाहीको नि'धन भएको छ ।

    images

    ऐरावती गाउँपालिका-४, प्यूठान स्थायी घर भई रोजगारका लागि कुवेत गएका ३६ वर्षीय पत्रकार माधव शाहीको अल मुवारक अस्पतालमा आईसीयुमा उपचारको क्रममा १४ अक्टोवर २०२१ को दिन नि'धन भएको हो ।

    पत्रकार शाहीलाई १३ अक्टोवरका दिन उच्च रक्तचापका कारण कोठामा बसिरहेको समयमा अचानक ढलेपछि तुरुन्त अस्पताल पुर्याईएको थियो । पत्रकार शाहीले कुवेतमा कार्यरत रही श्रमिक जीवनको कष्टकर सयमको बाबजुद पनि श्रमिकको समस्या, समाजमा घटेका घटना तथा ब्यथिती विरुध्द निरन्तर कलम चलाउदै आएका थिए ।

    पत्रकार शाही गैर आवासीय नेपाली सङ्घ समन्वय परिषद् कुवतको उपाध्यक्ष, दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार समेत हुन । कुवेतको नेपाली समाजले एक होनहार कुशल युवा पत्रकार तथा सामाजिक अभियन्ता गुमाएको छ । शाहीको परिवारमा श्रीमती र दुई छोरी रहेका छन ।

    नेपाली राजदूतावास कुवेतले प्रारम्भिक जानकारी आईसकेको र जति सक्दो छिटो शव नेपालपठाउने कार्यमा जुटेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology