कुवेत सरकारले छिट्टै नै पूर्णरुपमा कुवेत खुल्ने घोषणा गरेको छ । मन्त्री परिषद्को बैठकले कुवेत छिट्टै नै पूर्णरुपमा खुल्ने निर्णय गरेको हो ।
कुवेत सरकाले कोरोना प्रकोपले गर्दा लामो समयदेखि विवाह, भोज, सेमिनार र सम्मेलन जस्ता कार्यक्रमहरुको लागी अनुमति दिएको छैन । मन्त्रि परिषद्को बैठकमा निको हुने र खोपको उच्च दरको बारेमा सिफारिश प्रतिवेदन प्रस्तुत गरेको थियो ।
कुवेतमा आंशिक रुपमा बिमानस्थल संचालनमा छ भने अब पूर्ण क्षमतामा खोल्न र नयाँ भिसा पनिजारी गर्ने निर्णय गरेको छ । खुला एरियामा मास्क अनिवार्य नगर्ने, नयाँ नियमहरु संग स्वास्थ्य आवश्यकताहरुलाई पालन गरी विवाहको रिसेप्शन, सेमिनार र सम्मेलन जस्ता कार्यक्रमहरुको लागी अनुमति दिने अपेक्षा गरिएको छ।
सबैभन्दा महत्त्वपूर्ण निर्णयहरु घोषणा गर्नको लागि यस प्रकारको रहेको छ ।
१ . मस्जिदहरुमा प्रार्थना गर्न जान पाउने ।
२ . सार्वजनिक सेमिनार र सम्मेलनहरु आयोजना गर्नको लागी अनुमति दिने ।
3 . विवाहको रिसेप्शन र विवाहको लागी जमघट गर्न अनुमति दिने ।
4 . पूर्ण क्षमताको लागी सबै उडानहरुको लागी एयरपोर्ट खोल्ने ।
5 . सबै राष्ट्रका लागि आगमन भिसा खोल्ने ।