Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेत सामान्य जीवनमा फर्कियो, २४ अक्टोवरदेखि पूर्णरुपमा बिमानस्थल खुल्ने

कुवेत सामान्य जीवनमा फर्कियो, २४ अक्टोवरदेखि पूर्णरुपमा बिमानस्थल खुल्ने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक ४, २०७८ बिहिवार • १३:२८:४३ बजे
  • 2.0K
    SHARES
  • कुवेत सामान्य जीवनमा फर्कियो, २४ अक्टोवरदेखि पूर्णरुपमा बिमानस्थल खुल्ने

    कुवेत - कुवेतका प्रधानमन्त्री शेख सबाह खालिद अल-हमाद अल-सबाहले कुवेत सामान्य जीवनमा फर्किएको घोषणा गरेका छन । कोरोना भाईरसका कारण झन्डै बिस महिनापछि कुवेत सामान्य जीवनमा फर्किएको हो ।

    images

    हिजो पत्रकार सम्मेलनको क्रममा सरकारी सञ्चार केन्द्रका प्रमुख तारिक अल-मेजरिमका अनुसार'कुवेतको मन्त्रिपरिषद्ले २२ अक्टोबर बाट मस्जिदहरुमा प्राथना गर्नेहरु बीचको सामाजिक दूरी प्रतिबन्ध हटाउने निर्णय गरेको छ'।

    मानिसहरुलाई मास्क नलगाई खुला यरियामा बाहिर जान अनुमति दिने निर्णय गरेको छ भने सभा, सम्मेलन र भीडभाड हुने स्थानमा सामाजिक दूरीको पालना गरी मास्क लगाउनु पर्नेछ । त्यसैगरी कोभिड भ्याक्सिनको दुई डोज लगाएकालाई सभा सम्मेलन, बिबाह, भोज लगायत सेमिनार संचालन गर्न अनुमति दिने भएको छ ।

    कुवेत प्रवेश गर्न चाहनेहरु र कोभिड भ्याक्सिनको दुई डोज (कुवेत स्वास्थ्य मन्त्रालयमा प्रमाणित) प्राप्त गरिसकेकाहरुलाई भिसा जारी गर्ने अनुमति दिने भएको छ। मन्त्रिपरिषद्ले कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल अक्टोबर २४ बाट पूर्ण क्षमतामा खोल्न अनुमति दिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology