एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमणको प्रकोपले पुनः प्रभाव देखाउन थालेको छ । पछिल्लो समय चीनमा लगातार संक्रमितको संख्या बढिरहेको छ ।
यसका कारण चिनियाँ सरकारले सतर्कता अपनाउँदै विभिन्न कडा कदमहरु चाल्न थालेको छ । थुप्रै उडानहरु रद्द गर्न थालिएको छ भने विभिन्न क्षेत्रहरुमा विद्यालयहरु बन्द गर्न थालिएका छन् ।
बढ्दो संक्रमणकै कारण छियान तथा लोङहोउ क्षेत्रमा ६० प्रतिशत उडानहरु रद्द गरिएका छन् । केही स्थानहरुमा पुनः लकडाउन गर्न थालिएको छ ।
चीनको उत्तर तथा उत्तर पश्चिमी शहरहरुमा संक्रमण दर तिब्र बनेको छ । केही बाहिरबाट आएका यात्रुहरुलाई कोराना पुनरागमनको कारण मानिएको छ ।
जसका कारण सम्पूर्ण पर्यटन क्षेत्रहरुलाई बन्द गरी मास टेस्टिङ प्रारम्भ भइसकेको छ । संक्रमण हुने ठाउँहरुमा मनोरञ्जन स्थलहरु पनि बन्द गरिएका छन् भने केही क्षेत्रमा लकडाउन लागू गरिएको छ ।
चीनको लोङहोउ क्षेत्रमा त मानिसहरुलाई घरबाट बाहिर ननिस्कन अपील समेत गरिएको छ । घर बाहिर निस्कनेहरुलाई कोभिडको नेगेटिभ रिपोर्ट देखाउन भनिएको छ ।
अहिले पनि चीनमा २४ घण्टामा केवल १३ जनामा संक्रमण पुष्टि भएको इकोनोमिक टाइम्सले जनाएको छ ।