Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भारतमा ७ सय किलोमिटर टाढाबाट मुटु ल्याएर सफल प्रत्यारोपण

भारतमा ७ सय किलोमिटर टाढाबाट मुटु ल्याएर सफल प्रत्यारोपण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • ११:३६:२० बजे
  • 706
    SHARES
  • भारतमा  ७ सय किलोमिटर टाढाबाट मुटु ल्याएर सफल प्रत्यारोपण

    एजेन्सी । भारतमा एक बिरामीको ज्यान जोगाउन मानिसको मुटुलाई ७०० किलोमिटर टाढाबाट ल्याइएको छ । ५१ वर्षीय विरामीको ज्यान जोगाउन केरलाको कोचीदेखि तमिलनाडुको चेन्नाई पु¥याइएको हो ।

    images

    एउटा सहरबाट अर्को सहरमा लगिएको सो मुटुको सफल प्रत्यारोपण भएको छ । दुर्घटनापछि ‘ब्रेन डेड’ भएका व्यक्तिको मुटु झिकेर अर्को बिरामीमा प्रत्यारोपण गरिएको हो ।

    मुटुको सफल प्रत्यारोपण भएका बिमारी डायलेटेड कार्डियो मायोप्याथी (डीसीएम)बाट पीडित थिए । डीसीएमबाट पीडित व्यक्तिको मुटुको रक्त पम्प गर्ने क्षमता कमजोर हुन्छ ।

    उनी यसै वर्षको फेब्रुअरीदेखि प्रत्यारोपणको पर्खाइमा थिए । मुटु दाता ३० वर्षीय पुरुष एक दुर्घटनामा परेपछि ट्रउमेटिक ब्रेन इन्ज्यिुरीबाट पीडित थिए ।

    उनलाई १९ अक्टोबरमा अस्पताल भर्ना गरिएको थियो । शनिबार उनलाई ब्रेन डेड घोषणा गरिएको थियो ।

    त्यसपछि परिबारका सदस्यसँगको सहमतिपछि उनको मुटु अर्का बिरामीलाई दिने पक्रिया सुरु भएको थियो । कोचीस्थित रेला अस्पतालका चार जना चिकित्सकको टोलीले मुटुको सफल प्रत्यारोपण गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # सफल प्रत्यारोपण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology