सुदुरपश्चिमेली नेपाली समाज कुवेतको तेश्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
सुदुरपश्चिमेली नेपाली समाज कुवेतको २९ अक्टोबर २०२१ शुक्रवारको दिन कुवेत स्थित कवद हलमा हुन लागेको तेश्रो अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको समाजले जनाएको छ ।
सुदुरपश्चिमको लागि सुदुरपश्चिमेलीले भन्ने मुल नाराको साथ स्थापित भएको सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ । साथै नेपालमा पनि विभिन्न किसिमका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।
कुवेतमा क्रियाशिल संघ-संस्थाको प्रतिनिधि, समाजसेवी, बुध्दिजिवी, भद्रभलाड्मी, पत्राकार, कलाकार, खेलाडी लगायत नेपाली समुदायलाई अधिवेशनमा सहभागी भइ कार्यक्रम सफल पार्नकोलागि समाजले यसै समाचार मार्फत निमन्त्रणा गरेको छ ।
कार्यक्रमको विवरण:
मिती :- २९, अक्टोबर, २०२१
समय :- बिहान १० बजे
स्थान :- कवद, कुवेत