Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा तीन महिला र एक पुरुषले ज्यान गुमाए

कुवेतमा तीन महिला र एक पुरुषले ज्यान गुमाए

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक ११, २०७८ बिहिवार • १७:४३:४९ बजे
  • 1.4K
    SHARES
  • कुवेतमा तीन महिला र एक पुरुषले ज्यान गुमाए

    कुवेतमा तीन महिला र एक पुरुषले ज्यान गुमाएका छन । कुवेतमा अवैधानिक रुपमा बस्दै आएका प्रदिप फागु, सञ्चिता बस्नेत र दुई जना परिचय नखुलेका महिला सहित चार जनाले ज्यान गुमाएको हो ।

    images

    रोजगार शिलशिलामा तेर्हथुम जिल्ला आठराइ गाउँपालिका वडा नं-४ इवा घर भई कुवेत आएकी सञ्चिता बस्नेत रहेकी छन् । २६ वर्षीया बस्नेतको असोज ३१ गते (अक्टोबर १७ तारिख) मा फर्वानिया अस्पतालमा मृत्यु भएको हो ।

    त्यसैगरी ईलाम सन्दकपुर गाउँपालिका- १ का प्रदिप फागुको गत शनिबार हृदयघातका कारण ज्यान गएको छ । फागुलाई मंगाफस्थित ब्लक-३ मा आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए ।

    कम्पनीको काम सकेर सहकर्मीहरु कोठामा गएर ढक्ढक्याउदा पनि नखोलेपछी कोठा फोडेर फागुकोशव निकालिएको थियो ।कुवेतमा ३ बर्षदेखि कार्यरत २८ बर्षिय फागु केहि समय अगाडी कम्पनिबाट भागेर अन्तै काम गर्दै आएका थिए ।मृतकको घरमा एक छोरी र श्रीमती छन् ।

    फागु पहिले कार्यरत कम्पनीले उनीविरुद्ध भागी मुद्दा(रन वे) दर्ता गरेकाले शव फर्काउने सम्बन्धमा कम्पनीले कुनै सहयोग नगर्ने बताएको छ । तर उनको शव स्वदेश पठाउन राजदूतावासले प्रक्रिया सुरु गरेको जनाएको छ ।

    त्यसैगरी २ जना परिचय नखुलेका नेपाली महिला कामदारको मृत्यु भएको जानकारी प्राप्त भएको छ। उनीहरुको कुनै स्पष्ट परिचय खुल्ने कागजात नभएका नेपाली नागरिक भएपनि को हुन् भन्ने पत्ता लाग्न सकेको छैन । उनीहरूको फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि मात्र पुरा जानकारी आउने दुतावासकी द्वितीय सचिव जानकी ओझाले बताइन् ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology