Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढी नेपाली लाभान्वित

कुवेतमा निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढी नेपाली लाभान्वित

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक १४, २०७८ आइतवार • २२:०४:४३ बजे
  • 1.8K
    SHARES
  • कुवेतमा निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढी नेपाली लाभान्वित

    कुवेतको साल्मियास्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटल र एनआरएनए कुवेतको सहकार्यमा भएको नि:शुल्क स्वास्थ्य शिविरबाट तीन सय बढी नेपाली लाभान्वित भएका छन ।

    images

    कुवेतमा कार्यरत वैधानिक तथा अवैधानिक नेपालीलाई सिभिल आईडी र राहदानीको आधारमा निशुल्क स्वास्थ्य शिविरमा सेवा दिइएको थियो । विहान १० बजेबाट बेलुकी ५ बजेसम्म स्वास्थ्य जाँचको लागि समय तोकिएको भएता पनि सेवाग्राहीको अत्याधिक चाप बढेकाले बेलुकी १०बजेसम्म स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए।

    उक्त स्वास्थ्य शिविरबाट एक्सरे,अल्ट्रासाउन्ड र केहीले डक्टरको सल्लाह बमोजिम पिसीआर परीक्षणको समेत सुबिधा लिएका थिए ।अधिकांश नेपालीहरुमा मधुमेह, कोल्स्टोर, रक्तचाप रपिसाब सम्बन्धी समस्याहरु देखिएको थियो।

    सेवाग्राहीहरुलाई आवश्यकता अनुसारका परीक्षण गरी रिपोर्ट दिने साथमा औषधी र फलोअप जाँचमा२० प्रतिशत छुटको सुविधा समेत ब्यबस्था गरिएको थियो ।स्वास्थ्य परिक्षणका लागि सेवाग्राहीको संख्या बढी भएपछि आगामी नोभेम्बर १९ शुक्रबार बिहान ७ बजे देखि १२ बजे सम्मका लागि सय जनालाई निःशुल्क स्वास्थ्य जाँचको टिकट दिईएको छ।

    कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथिको रुपमा स्वास्थ्य शिविरमा उपस्थित रहेको थियो । एनआरएनए कुवेत र मेट्रो अस्पातलको सहकार्यमा आयोजित निशुल्कस्वास्थ्य शिविरले कुवेतमा कार्यरत धेरै नेपालीहरुलाई स्वास्थ्य अवस्था बारेमा बुझ्ने अवसर दिएको छ । यस्तो कार्यलाई निरन्तरता दिन समेत राजदूतले अनुरोध गरेका छन ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology