मयूरपाटी - प्रवासी नेपाली एकता मञ्च ओमानले नेपाली राजदुतावास ओमनमा कार्यरत श्रम सहचारी कृष्ण गौली तिवारीलाई बिदाई गरेको छ ।

नेपाली राजदुतावास ओमनमा कार्यरत श्रम सहचारीको कृष्ण गौली तिवारीलाई आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गरि यहि १४/०८/२०२० को दिन नेपाल फर्कदै गर्दा ओमन बसाइको क्रममा प्रवासी नेपाली कामदारहरुको समस्यालाई कुसलता पुर्वक समाधान गर्दै आउनु भएको थियो ।
उहाँको महत्वपुर्ण योगदानलाई उच्च मुल्यांकन गर्दै प्रवासी नेपाली एकता मञ्च ओमन परिवारले ससम्मान सहित कदर पत्र र मायाको चिनो प्रदान गरेको अध्यक्ष उमेश विश्वकर्माले मयूरपाटीलाई बताए ।

कोरोना कहरको कारणले गर्दा संस्थाको अध्यक्ष र सचीवको उपस्थितिमा श्रम सहचारी कृष्ण गौली तिवारीलाई बिदाई गरेको मञ्चका सचिब महेश प्रसाद न्यौपाने जानकारी दिए ।