Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यूएईको शारजाह शहरमा दुई नेपाली युवाको निर्मम हत्या

यूएईको शारजाह शहरमा दुई नेपाली युवाको निर्मम हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७७ बिहिवार • १२:४५:४४ बजे
  • 2.0K
    SHARES
  • यूएईको शारजाह शहरमा दुई नेपाली युवाको निर्मम हत्या

    यूएईमा दुई नेपाली युवाको निर्मम हत्या भएको छ । यूएईको शारजाह शहरमा ती दुई नेपालीको शव हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । झगडा र विवाद हिंस्रक भएपछि उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको गल्फ न्यूजले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ ।

    images

    झगडा हिंस्रक भएर उनीहरुमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिए पनि प्रहरीले नियतवश योजनाबद्ध हत्या भएको हुनसक्ने कुरालाई समेत अस्वीकार गरिसकेको छैन । प्रहरीले मृतकहरुको पूरा पहिचान खुलाएको छैन । प्रहरीले उनीहरुको संक्षिप्त नाममात्र सार्वजनिक गरेको छ जसमा मृतकहरु २६ वर्षका के.जे. र ३७ वर्षका एम.आर. दुवै नेपाली नागरिक भएको जनाइएको छ ।

    उनीहरुको शव शारकान आवासीय क्षेत्रमा फेला परेको थियो । उनीहरुको अनुहार, घाँटी, छाती र पेटमा धारिलो हतियारको घाउ पाइएको छ । हत्याको पछाडिको उद्देश्य अहिलेसम्म स्थापित गर्न सकिएको छैन । प्रहरीले मृत्युको कारण यकिन गर्न शवलाई फरेन्सिक ल्याबमा अटोप्सीका लागि पठाएको छ ।

    प्रहरीका अनुसार अगष्ट ८ का दिन बेलुकी ७ बजेतिर शवबारे जानकारी दिन फोन आएको थियो । प्रहरी आउँदा शवलाई घेरेर ठूलो भिड उभिएको थियो । प्रहरीका अनुसार उनीहरुलाई धारिलो हतियार प्रहार गरेर मारिएको छ र हतियारको पहिचान भइसकेको छैन । यो केसको अनुसन्धान अल गरब पुलिसले गरिरहेको छ । हत्या कसले गरेको हो भन्ने पहिचान भइसकेको छैन  ।
    गल्फ न्यूज/डिसी नेपाल

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology