Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा ३२ वर्षीय नेपाली महिलाले आफ्नै घाँटी रेटेर आत्महत्या

कुवेतमा ३२ वर्षीय नेपाली महिलाले आफ्नै घाँटी रेटेर आत्महत्या

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक २८, २०७८ आइतवार • १९:१०:५८ बजे
  • 5.0K
    SHARES
  • कुवेतमा ३२ वर्षीय नेपाली महिलाले आफ्नै घाँटी रेटेर आत्महत्या

    कुवेतमा ३२ वर्षीय नेपाली महिलाले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी छिन । बेसि शहरनगरपालिका-५ नाल्म लम्जुङकी मनमाया गुरुङले आफ्नै घाँटी रेटी आत्महत्या गरेकी हुन ।

    images

    उनले गत बुधवार ३ नोभेम्बरका दिन आफ्नै निवासको शौचालय (बाथरुम ) बन्द गरेर आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी हुन ।उनी कार्यरत कम्पनिले लामो समयसम्म तलब नदिए पछि कम्पनी छोडेर अवैधानिक रुपमा लुकीछिपी काम गर्दै आएकी थिइन। सबैजना सुतेको मौका छोपेर रातको करिब ३ बजेको समयमा घटना घटेको हुन सक्ने बताइएको छ ।

    उनी बस्ने फ्लाटमा बिहान लगभग साढे ४ बजेतिर शौचालयको ढोका नखुलेपछी को पसेको छ भनेर हल्लाखल्ला गर्दा समेत शौचालय भित्रबाट आवाज नआए पछि उनको खोजीनिती गर्दा पनि उनी नदेखिएपछि पुलिसलाइ खबर गरिएको ओम गुरुङले बताएका छन ।

    लगभग साढे ५ बजे तिर फायरबृगेड आएर ढोका फोरेर शव उठाएको थियो । त्यही फ्लाटमा बस्ने ओम गुरुङलाई समेत सोधपुछ तथा अनुसन्धानका लागि पुलिसले थाना लगेर सामान्य सोधपुछ पछि छोडेको छ ।

    नेपाली दूतावास कुवेतमा मृतकको बारेमा जानकारी प्राप्त भई सकेको छ । मृतकको पोस्टमार्टम रिपोर्ट समेत आइसकेको दूतावास स्रोतले जनाएको छ।

    रिपोर्टमा, “घाँटीमा गहिरो चिरा परेको घाउ, रक्तश्राव र आघातका कारण मृत्यु भएको” भनि उल्लेख गरिएको छ। उनको शव छिट्टै नेपाल पठाउने प्रक्रियामा रहेको दूतावास स्रोतले जानकारी दिएको छ।

    चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology