Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निवस्त्र चेकजाँचः अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर

निवस्त्र चेकजाँचः अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • ०९:५२:०० बजे
  • 661
    SHARES
  • निवस्त्र चेकजाँचः अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर

    एजेन्सी । दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।

    images

    सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा नवजात शिशु भेटिएपछि ती महिलाहरूलाई उड्न तयारी रहेको विमानबाट ओरालेर निवस्त्र पारिएको थियो ।

    सुत्केरी भएको आशंकमा निवस्त्र महिलालाई परीक्षण गरिएको थियो । कतार एअरवेजको विमानबाट ओरालेर एम्बुलेन्समा राखिएका महिलालाई नर्सहरूले भित्री वस्त्र फुकाल्न लगाएरजाँच गरेका थिए ।

    निवस्त्र पारिएको घटनाबारे महिलाहरुको विरोधपछि कतारले माफी मागेको थियो । कतारका तत्कालिन प्रधानमन्त्री खालिद अल थानीले सरकारका तर्फबाट क्षमा मागेका थिए ।

    घटनामा संलग्न विमानस्थलका एक अधिकारी निलम्बनमा परेका थिए । करिव पाँच मिनेट परीक्षणगरेपछि उनीहरूलाई पुनः विमानमा चढाइएको थियो ।

    अस्ट्रेलियामा उत्रिएपछि पीडितहरूले प्रहरीलाई उजुरी दिएका थिए । सो घटनाको अन्र्राष्ट्रिय समुदायले निन्दा गरेको एबिसी न्युजले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # निवस्त्र चेकजाँच
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology