Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युरोप र एसियाभर देखियो वर्ड फ्लू

युरोप र एसियाभर देखियो वर्ड फ्लू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १३:४१:५० बजे
  • 1.1K
    SHARES
  • युरोप र एसियाभर देखियो वर्ड फ्लू

    एजेन्सी । पछिल्लो समयमा युरोप र एसियाभर वर्ड फ्लू देखा परेको छ । प्राणीहरुको स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन (ओआइई)ले पछिल्लो समय एसिया र युरोपका अधिकांश देशहरुमा वर्ड फ्लू देखिएको जनाएको छ ।

    images

    वर्ड फ्लू्रको सबैभन्दा बढी असर दक्षिण कोरियामा देखिएको छ । वर्ड फ्लूकाकारण दक्षिण कोरियामा ७ लाख ७० हजार कुखुरा नष्ट गरिएको विवरण सार्वजनिक भएको छ ।

    त्यस्तै, उत्तरपूर्वी जापानमा पनि फ्लूको महामारी देखिएको छ । जापानमा सन् २०२१ को हिउँदपछि पहिलो पटक वर्ड फ्लू देखिएको हो ।

    त्यस्तै, नर्वेका सात हजार चराचुरुङ्गीमा वर्ड फ्लूको नयाँ भेरियन्ट एच५एन१ देखिएको छ । जंगली हाँसमा वर्ड फ्लूको उच्च भेरियन्ट देखा परेपछि बेल्जियम सरकारले कुखुरालाई घरभित्रै राख्न निर्देशन दिएको छ ।

    त्यस्तै, फ्रान्स र नेदरल्यान्डमा पनि फ्लू नियन्त्रणका विभिन्न कदम कदम चालिएका छन् । भारत र मध्येपूर्वका केही क्षेत्रमा पनि वर्ड फ्लू देखिएको छ ।

    चीनमा जुनमा पहिलो पटक वर्ड फ्लूको नयाँ भेरियन्ट एच१०एन३ भाइरस देखिएको थियो । चीनमा एच५एन६ एभियन इन्फ्ल्युन्जाका २१ ओटा घटना देखिएका छन् ।

  • सम्बन्धित विषय:

  • # युरोप र एसिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology