Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाको औषधि नेपालमै उत्पादन हुने

कोरोनाको औषधि नेपालमै उत्पादन हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १५:५०:२० बजे
  • 1.6K
    SHARES
  • कोरोनाको औषधि नेपालमै उत्पादन हुने

    एजेन्सी । अब, कोरोना भाइरसविरुद्धको औषधि नेपालमै उत्पान हुने भएको छ । बीबीसीका अनुसार कोरोनाविरुद्ध प्रभावकारी देखिएका दुईवटा खाने औषधिको उत्पादन नेपालमा पनि गर्न मिल्नेगरी दुईवटा उत्पादकहरूले संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त एउटा निकायसँग सम्झौता गरेका छन् ।

    images

    उक्त सम्झौतासँगै राष्ट्रसङ्घको समर्थनप्राप्त औषधिको सर्वाधिकार हेर्ने निकाय मेडिसिन्स पेटन्ट पूलसँग अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले मङ्गलवार कोरोनाकाको खाने औषधिको उत्पादन इजाजतपत्र न्यून तथा मध्य आय भएका ९५ वटा देशमा उत्पादन र विक्री गर्न मिल्नेगरी सम्झौता गरेको बीबीसीले जनाएको छ ।

    गत अक्टोबरको अन्तिम साता अमेरिकाको अर्को औषधि उत्पादक मर्कले इमोरी विश्वविद्यालयमा आविष्कार गरिएको कोरोनाविरुद्धको खाने औषधि नेपालसहित १०५ वटा देशमा उत्पादन र विक्री गर्न अनुमति दिने गरी मेडिसिन्स पेटन्ट पूलसँग सम्झौता गरेको थियो।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि उत्पादनका लागि थप अनुमति आवश्यक नपर्ने अवस्थाबाट नेपालभित्रै पनि कोभिडविरुद्धका खान मिल्ने औषधिहरूको उत्पादनको बाटो खुल्न सक्ने जनाएको छ ।

    अब, इजाजत प्राप्त भयो भने यहाँका उत्पादकहरूले पनि कोरोनाविरुद्धको औषधी उत्पानको सम्भावनाको खोजी गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोनाको औषधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology