म्याग्दीमा गए राति परेको अबिरल बर्षाका कारण म्याग्दीको सदरमुकाम बेनी बजारको मंगलाघाट क्षेत्रमा पहिरो खसेको छ। मध्यरातमा आएको भिषण पानीले मंगलाघाटमा रहेको महारानीथान मन्दिरको दक्षिण भाग बाट पहिरो झरेको र मन्दिरको कम्पाउन्ड वाल समेत चर्किएको यसबाट यस क्षेत्रका करिब १५/२० घर परिवार जोखिममा रहेको स्थानिय बासी हरुले जानकारी दिएका छन।
रातको समयमा बर्षा संगै बाढी पहिरो चले पछि रातीनै सयौको संख्यमा स्थानियबासी,प्रहरी र नेपाली सेनाको टोलीले डोजरकोसहयोगमा पहिरो पन्छ्याउने कार्य गरिरहेको र पहिरो बाट एउटा ग्यारेज पुर्णरुपमा पुरिएको स्थानिय राम मगरले जानकारी दिए।
यसै बिच बेनी बजार देखी नजिकै रहेको पर्बतको बगरफाॅटक्षेत्रमा पनि पहिरो चलेको र के कति क्षति भयो भन्ने रातको समय भएको ले जानकारी नआएको स्थानिय बादल शाहीले जानकारी दिएका छन।