Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

धेरै खाने मानिस: डेढ किलो सुँगुरको मासु र साढे ३ किलो प्राउन खाएपछि…

धेरै खाने मानिस: डेढ किलो सुँगुरको मासु र साढे ३ किलो प्राउन खाएपछि…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १५:३६:०४ बजे
  • 940
    SHARES
  • धेरै खाने मानिस: डेढ किलो सुँगुरको मासु र साढे ३ किलो प्राउन खाएपछि…

    दुनियाँमा अचम्म अचम्मका घटनाहरु घटेका सुनिन्छन् । यो चाहीँ चीनमा घटेको घटना हो । काङ नामका एक चिनियाँ ग्राहकले सुँगुरको डेढ किलो मासु र साढे तीन किलो प्राउन एकैचोटी खाएपछि रेष्टुरेन्ट मालिकले प्रवेशमा रोक लगाएको बीबीसीले जनाएको छ ।

    images

    इन्टरनेटमा काङ्ले आफूले धेरै खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गरेका थिए । त्यसपछि रेष्टुरेन्ट मालिकले ती व्यक्तिले धेरै खाएको भन्दै रेष्टुरेन्ट प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

    हुनान टीभीसँग दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने बताए पनि हान्डाडी सीफूड बीबीक्यू बफ रेस्टुराँले भने आफूलाई धेरै खाएकोमा प्रतिबन्ध लगाएको उनले बताएका छन्। उनले पहिलो पटक डेढ केजी सुँगुरको मासु र दोस्रो पटक साढे तीनदेखि चार केजी प्राउन खाएको बताएका छन्।

    काङले सो रेस्टुराँले धेरै खाने मानिसप्रति ‘भेदभावपूर्ण’ व्यवहार गरिएको पनि बताएका छन्। उनले भनेका छन्, ‘म धेरै खान सक्छु, के त्यो मेरो गल्ती हो ?’ यसैगरी उनले आफूले खानेकुरा खेर नफालेको बताएका छन् भने रेस्टुरेन्ट मालिकले उक्त टिभीका संवाददातालाई काङले आफूलाई टाट पल्टाउन खोजिरहेको आरोप लगाएका छ ।

    रेष्टुरेन्ट मालिकका अनुसार काङ आफ्नो होटेलमा खान आउँदा प्रत्येक पटक सयौँ युआन घाटा हुन्छ । काङले रेष्टुरेन्टमा आउँदा भटमासको २०÷३० बोतल दूध , सुँगुरको मासु खाँदा पूरै ट्रे, प्राउन खाँदा पनि ट्रे नै लिने गरेको ती रेष्टुरेन्ट मालिकको भनाइ छ ।

    काङजस्तै आफ्नो रेस्टुरेन्टमा धेरै खाँदे इन्टरनेटमा प्रत्यक्ष प्रसारण गर्ने सबैलाई प्रतिबन्ध लगाएको ती रेष्टुरेन्ट मालिकले बताएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology