Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धिरज आले मगरको अध्यक्षतामा साउदीको जेद्वामा हातेमालो युवा क्लब गठन 

धिरज आले मगरको अध्यक्षतामा साउदीको जेद्वामा हातेमालो युवा क्लब गठन 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १२:२४:२२ बजे
  • 1.6K
    SHARES
  • धिरज आले मगरको अध्यक्षतामा साउदीको जेद्वामा हातेमालो युवा क्लब गठन 

    गुभाजु अन्जान,रियाद। 
    फरक संस्कृतिका देश साउदी अरबको पश्चिम क्षेत्र जेद्धामा प्रवास रहेर नेपाली कला संस्कृति र खेलकुदबाट नेपाललाई चिनाउन हातेमालो युवा क्लब गठन भएको छ।

    images

    शुक्रवार जेद्वामा क्लबको औपचारिक कार्यसमिति उद्घाटन कार्यक्रम आयोजना गरि धिरज आले मगरको अध्यक्षता २५ सदस्यीय  कार्य समिति गठन गरेको छ।  

    क्लबको अध्यक्षमा आले मगर ,उपाध्यक्षमा खेम राज कार्की,सचिवमा निशा नगरकोटी,उप-सचिवमा प्रमिला जि.सि कोषाध्यक्षमा फुल कुमारी शिवाकोटी, प्रवक्तामा सानि माया बमजनलाई चयन गरेका छ।

    j2.jpg

    त्यसै गरि क्लबको प्रमुख सल्लाहकारमा टिकाराम राई ,प्रोडक्सन डिजाइनमा जित राईलाई चयन गरेको छ।त्यस्तै  क्लबको सदस्यहरुमा रिता तिम्सिना,माया गोले ,मदन राई,खोटराज बुढाथोकी ,कृष्ण लामा,दिर्घ चौलागाई,बिना राई ,बिकास राई , राम बाबु यादव ,सुरज राई, शिरीक्लबको पहिलो तालिका:- सदस्य ज्यु हरु को परिचयपत्र वितरण कार्यक्रम।राम चौधरी, दिर्घराज चौलागाई ,लक्ष्मी बुढाथोकी,सिंह बहादुर राई ,फिरोन चौधरी ,पशुपति कुमार चौधरी र  राना रफिकलाई नियुक्त गरेको छ।

     महावाणीज्य राजदुताबास जेद्धाका महावाणिज्य कार्यवाहक दूत  सत्रुधन पोखरेलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ साउदीका महासचिव रोशन श्रेष्ठ,सुदूर पश्चिमेली नेपाली समाज साउदी अरेबियाका वरिष्ठ उपाध्यक्ष पदम महत,किरात राई यायोक्खा क्षेत्रीय कार्य समिति जेद्वाका अध्यक्ष जित राई, तामाङ्ग घेदुङ जेद्वाकी उपाध्यक्ष शान्ति लामा ,तमुधी जेद्वाका अध्यक्ष बेद गुरुङ ,माइती चेली जेद्धाका अध्यक्ष प्रेम कवि,सगरमाथा नेपाली सेवा समाज ताइफका अध्यक्ष मकर राई ,नेपाल आदिवासी जनजाती महासंघ पश्चिम क्षेत्रीय समितीका अध्यक्ष निङ्ग्मा साङ्गे शेर्पा ,गैर आवासीय नेपाली संघ आरसीसी जेद्वाका अध्यक्ष चेतनाथ निरौला ,आरसीसी जेद्वाका पुर्व अध्यक्ष राज गिरी   लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,सामाजिक ब्यक्तित्व ,  नेपाली दाजुभाइ तथा दिदिबहिनीको उल्लेखनीय उपस्थिति रहेको थियो । 

    प्रवास रहेर सामाजिक सेवा ,खेलकुद र नेपाली संस्कृतिलाई प्रमोट गर्न "सयौं थुङा फुलको हामी ,एउटै माला नेपाली " भन्ने राष्ट्रिय गानको भावलाई समेटेर क्लब गठन गरिएको अध्यक्ष आले पिटिअनलाईनलाई बताए ।निकट भबिस्यमा टिपिकल नेपाली कल्चरल कार्यक्रम र खेलकुद प्रतियोगिता आयोजना गरिने उनले जनाए।

    कार्यक्रममा प्रमुख अथिती लगायत अथितीहरुले क्लबले आफ्नो उदेश्य अनुसार कार्य गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा  सकारात्मक छाप राख्न सकोस् भनेर शुभ कामना दिएका छन् । उक्त कार्यक्रममा क्लबले नेपाली कला संस्कृति झल्कने बेजोड सांस्कृतिक प्रस्तुति दिएका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology