Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

७ लक्षण एचआईभी एड्सको संकेत

७ लक्षण एचआईभी एड्सको संकेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • ०८:४५:४३ बजे
  • 2.1K
    SHARES
  • ७ लक्षण एचआईभी एड्सको संकेत

    एड्स पूरै निको नहुने रोग हो । यो रोगबाट बच्ने एक मात्र उपाय भनेको जागरुकता नै हो । यसको लक्षण, कारण र बच्ने तरिकाबारे सबै व्यक्तिमा जानकारी हुन जरुरी छ ।

    images

    चिकित्सकका अनुसार एचआईभी संक्रमित व्यक्तिले स्वस्थकर खानेकुरा, डाइट र नियमित औषधि सेवन गर्ने हो भने सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सक्छन् ।

    कसरी फैलिन्छ एड्स ?

    एचआईभी पोजेटिभ व्यक्तिसँगको असुरक्षित यौनसम्बन्ध, संक्रमितले प्रयोग गरेको इन्जेक्शन अर्को निरोगी व्यक्तिलाई प्रयोग गर्दा, संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिलाई दिँदा एचआईभी सर्न सक्छ ।

    यसैगरी, एचआईभी संक्रमित महिलाले जन्माएको शिशुमा पनि यो रोग सर्न सक्छ । एड्सको लक्षण एड्सको सुरुवाती दिनहरुमा कुनै पनि लक्षण देखिदैन

    । संक्रमित भइसकेको व्यक्ति पनि सामान्य व्यक्तिजस्तै देखिन्छ । तर, त्यसको केही वर्षपछि लक्षणहरु देखापर्न थाल्छन् ।

    खोकी लाग्ने, ज्वरो आउने, थकाई लाग्ने, तौल कम हुने, अनुहारको छालामा, मुखमा, आँखामा वा नाकमा धब्बा देखिने गर्छ । विस्तारै स्मरणशक्ति कमजोर हुँदै जाने र शरीर दुख्ने समस्या यो रोगको मुख्य लक्षण हो । घाँटीमा खसखस हुने, ग्रन्थीहरु सुन्निने आदि लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन ।

    छालामा चिलाउने, फुस्रो हुने, मांसपेशी दुख्ने आदि लक्षणले पनि एचआईभी एड्सको संकेत गर्छ । घाँटीको नली, मुख वा गुप्ताङ्गमा घाउ आउनु पनि एचआईभी एड्सको संकेत हो ।

    डाक्टरका अनुसार रातिमा पसिना आउने, पेट बारम्बार बिग्रिने, पखाला लाग्ने आदि समस्या संक्रमित व्यक्तिमा देखिने लक्षण हो ।

  • सम्बन्धित विषय:

  • # एचआईभी एड्सको संकेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology