अन्जान गुभाजु
१७ अगस्ट ,साउदी अरब/ साउदीबाट नेपाल हुन लागेको उडानहरु अर्को सूचना जारी नभएसम्मक लागि स्थगित भएको नेपाली राजदूतावासले आज एक सुचना जारी गरि जानकारी गराएको छ ।
नेपाल सरकार कोभिड -१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी, काठमाडौँबाट मिति २०७७/०५/०१ को पत्रमार्फत “नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकाले होटल क्वारेन्टाइन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिने तथा यस अघि जारी उडान अनुमति स्थगित गरिदिने“ व्यवस्था हुन भनी लेखी आएकोले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडानहरु स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा नेपाली राजदूतावास, रियादले जनाएको छ।
राजदुतावासले यहि साउन २९ गते सुचना गरि साउदीको दम्माम र रियाद बाट ७ वटा उडानको योजना गरेका थिए ।
अगस्ट २० मा दम्माम , अगस्ट २३,२६ र २८ मा दम्माम र रियाद उडान तोकेको थियोे । उडान रद्ध संगै कोरोना कहरमा नेपाल जान तयारी गरिसकेका नेपालीहरु लाई पुन: अप्ठ्यारोमा परेको छ। कति लाई खाना र बस्नको समस्या हुने पनि देखिएको छ ।