Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मगर सँघ कुवेतले माघे सकराती १४ जनवरी २०२२ मा मनाउँदै

मगर सँघ कुवेतले माघे सकराती १४ जनवरी २०२२ मा मनाउँदै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर १९, २०७८ आइतवार • १५:२३:५७ बजे
  • 1.4K
    SHARES
  • मगर सँघ कुवेतले माघे सकराती १४ जनवरी २०२२ मा मनाउँदै

    कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघेसकराती” यहि आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ।

    images

    गत ०३ डिसेम्बर २०२१ मा सँघका अध्यक्ष मनु भुजेल मगरको अध्यक्षतामा बसेको ११७औं नियमित बैठकले छलफलका साथ कुवेतको वर्तमान अवस्थामा पनि मध्यनजर गर्दै उक्त निर्णय गरेको हो।कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने माघे सकराती कार्यक्रम कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाईने भएको छ।

    स्थापना कालदेखी नै मगर सँघ कुवेतले माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरुबीच मनाउँदै आएको छ। कार्यक्रममा स्थिती हेरेर मगर संस्कृतिमा आधारित नाचगानहरु प्रस्तुत गरिने छन भने सम्पूर्ण उपस्थित पाहुनागणलाई बिभिन्न मगर परिकारहरुको जलपान तथा भोजन गराईने छ।

    मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै सँघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा स्थापित अन्य नेपाली सँघ-संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर सँघ कुवेत १५ जून २०१२ मा तत्कालिन केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा स्थापना भएको थियो।

    पुनश्च:

    मिति: १४ जनवरी २०२२, शुक्रबार

    समय: पूर्वान्ह ११ बजे, उप्रान्त

    स्थान: ओफरा कुवेत (विस्तृत जानकारी पुन. गराइने छ)

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology