Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीको रुपा गाउँपालिका ३ मा आफ्नै शिशुको हत्या अभियोगमा महिला पक्राउ

कास्कीको रुपा गाउँपालिका ३ मा आफ्नै शिशुको हत्या अभियोगमा महिला पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १, २०७७ सोमवार • २३:४७:३४ बजे
  • 3.8K
    SHARES
  • कास्कीको रुपा गाउँपालिका ३ मा आफ्नै शिशुको हत्या अभियोगमा महिला पक्राउ
    कास्की प्रहरीले आफ्नै नवजात शिशुको हत्या अभियोगमा कास्कीको रुपा गाउँपालिका ४ खाल्टे बस्दै आएकी ३३ वर्षीया रिता मल्ल सिंहलाई पक्राउ गरेको छ ।

    घटनाको ५ दिनपछि तनहुँ व्यास नगरपालिका ६ घर भई कास्कीको रुपा गाउँपालिका ४ खाल्टे बस्दै आएकी सिंहलाई प्रकाउ गर्न प्रहरी सफल भएको हो ।

    इलाका प्रहरी कार्यालय डाँडाकोनाकका अनुसार साउन २७ गते दिउँसो पौने २ बजे रुपा ३ स्थित टाकान्जामा नवजात शिशुको शव फेला परेको र शव फेला परे लगत्तै अनुसन्धान थाले पछी अभियुक्तलाई टोलीले साउन ३२ गते मात्र पक्राउ गरेको बताए ।

    पक्राउ परेकी सिंह विरुद्ध ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology