Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय सेना प्रमुख सवार हेलिकोप्टर तामिलनाडुमा दुर्घटना,४ मृतकको शव फेला

भारतीय सेना प्रमुख सवार हेलिकोप्टर तामिलनाडुमा दुर्घटना,४ मृतकको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १६:०३:२८ बजे
  • 649
    SHARES
  • भारतीय सेना प्रमुख सवार हेलिकोप्टर तामिलनाडुमा दुर्घटना,४ मृतकको शव फेला

    एजेन्सी- भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

    images

    रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

    घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी चलिरहेको छ ।

    उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ । इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।

    ९ जना सवार थिए

    वेब दुनियाका अनुसार दुर्घटनाग्रस्त एमआई–१७ भी५ हेलिकाेप्टरमा सीडीएस जनरल विपिन रावत र उनका श्रीमती मधुलिका रावतसहित ९ जना सवार थिए ।

    रावत दम्पतीका साथै उक्त हेलिकोप्टरमा ब्रिगेडियर एलएस लिड्डर, ले.कर्नल हरजिंदर सिंह, हवलदार सतपाल, नायक गुरुसेवक सिंह, नायक जितेन्द्र कुमार लांस, नायक विवेक कुमार र लांस नायक बी साई तेजा पनि सवार थिए ।

    अहिले पनि रेस्क्यू अपरेशन जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # तामिलनाडुमा दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology