कुवेतमा अर्घाखाँचीका राजकुमार खड्काको निधन भएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राजकुमार खड्काको हृदयघातका कारण निधन भएको हो ।
अर्घाखाँची, सितागंगा -२, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ का दिन कोठामा सुतेकै अवस्थामा निधन भएको उनका दाजु कृष्ण खड्काले जानकारी दिएका छन । मृतक वैदेशिक रोजगार लागि सन् २०१६ मा कुवेत गएका हुन ।
मृतक खडकाले रेफ्रीजेरेसन इन्डस्ट्रीज एण्ड स्टोरेज कम्पनीमा काम गर्दै आएका थिए । मृतकको घरमा श्रीमती र एक छोरा छन । मृतकको शव जतिसक्दो छिटो स्वदेश फर्काईदिन उनको दाजु कृष्ण खड्काले नेपाली दूतावास कुवेतलाई अनुरोध गरेका छन ।
कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार मृतकको प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भईसकेको छ । उनको पोस्टमार्टम रिपोर्टमा हृदयघातका कारण निधन भएको जनाएको छ ।
कम्पनी परिवर्तन गर्दा अर्को कम्पनीबाट कम्पनी छोडेर भागेको भनि मुद्दा परेको हुदाँ कागजात मिलाउन अलिकति कठिनाई परेको छ । अब केही दिनमै सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरेर मृतकको शव जतिसक्दो छिटो नेपाल पठाउने तयारी भइरहेको छ ।