Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा आजदेखि जनजीवन सामान्य

कुवेतमा आजदेखि जनजीवन सामान्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७७ मंगलवार • १३:२८:०९ बजे
  • 2.3K
    SHARES
  • कुवेतमा आजदेखि जनजीवन सामान्य
     विश्वलाई आक्रान्त पारिरहेको कोरोनाले कुवेतलाई पनि अस्तब्यस्त बनाइरहेको छ । तर पनि  मंगलबार अर्थात आजदेखि कुवेतको जनवीवन सामान्य भएको छ ।
     (तस्विर : मयूरपाटी डिजिटल पत्रीका)
    (तस्विर : मयूरपाटी डिजिटल पत्रीका)
    कोरोना संक्रमणका कारण लामो समय देखी लकडाउनले केही  क्षेत्रहरु ठप्प रहेको कुवेत लाई चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगष्ट-१३ तारिक बसेको बैठकले गरेको हो। 

    द टाइम्स कुवेतले जनाए अनुसार क्षमताको ५० प्रतिशत बस्न पाउने गरी होटल, रेष्टुरेन्ट, क्याफे तथा सार्वजनिक यातायात सञ्चालन हुने छन् ।
     (तस्विर : मयूरपाटी डिजिटल पत्रीका) (तस्विर : मयूरपाटी डिजिटल पत्रीका)
    यी क्षेत्रमा काम शुरु भएपछि नेपाली कामदारहरु रोजगारीमा फर्किने सम्भावना बढेको बताइएको छ । रेष्टुरेन्ट र होटलसँगै खेलकुद क्लबहरु, ब्युटी पार्लर, सैलुन, सार्वजनिक यातायात सहित निजी तथा सरकारी कार्यालयहरु पनि खुल्ने छन् । 
     
    तर सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत मात्र भिडभाड हुने गरि खोल्ने भनिएको ब्यापार ब्यबसायमा पनि कोरोना संक्रमणबाट बच्ने उपायहरु अबलम्बन गर्नु पर्ने छ।

    विशेष गरि अरुबाट आफुलाई र आफुबाट अरुलाई कोरोना संक्रमण नहोस भन्नको लागि हातमा पन्जा, मुखमा मास्क लगाउने, समाजिक दूरी कायम गर्ने लगाएत फूटबल खेलहरुमा दर्शकहरु रहन नपाउने नियम कडाईको साथ लागू गरिने छ।

    बेलुका ९ बजे देखी बिहान ३ बजे सम्म कर्फ्यू लाग्ने छ । कर्फ्यू लागेको  समयमा भने आवतजावत गर्न सख्त मनाही गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology