Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि एनआरएनएको निर्वाचन तेस्रो पटक स्थगित

उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि एनआरएनएको निर्वाचन तेस्रो पटक स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १३:२१:३८ बजे
  • 1.2K
    SHARES
  • उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि एनआरएनएको निर्वाचन तेस्रो पटक स्थगित

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन तेस्रो पटक स्थगित भएकोछ ।

    images

    महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरिएको छ ।

    यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो ।

    जुलाईमा भएको एनसिसी चुनावमा विभिन्न देशमा प्रविधिको दूरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धति अनुसार नगरिएको भन्दै उजुरी परे पनि समाधान हुन सकेको छैन ।

    प्रतिनिधि चयन विधान अनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधान अनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो ।

    निर्देशनविरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गएका थिए । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । दुई तिहाइ एनसीसीले विवाद समाधानको माग गर्दै आएका छन् ।

    उनीहरुले केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि बुझाएका छैनन् । निर्वाचन समितिले आह्वान गरेको फेस रिडिङ प्रक्रियामा पनि सदस्य सहभागी नभएको र शुक्रबार आह्वान गरिएको मनोनयनमा कुल आचार्य समूह सहभागी नहुने भएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको हो ।

    निर्वाचन गर्ने प्रक्रिया पूरा नभएको भन्दै अध्यक्ष पन्तले विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरेका छन् । समितिमा संघका सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्वसल्लाहकार डा.यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।

    NNNN.jpg

  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology