Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मङ्सिरे पुर्णिामा 

मङ्सिरे पुर्णिामा 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • १३:११:२६ बजे
  • 1.9K
    SHARES
  • मङ्सिरे पुर्णिामा 


    टेक बहादुर थापा 

    images

    हाल, बेलायत 

    उधौली पर्ब,मङ्सिरे पुर्णिामा 

    जाबेश्वर सम्राट दैलेख झर्ने 

    गोठालाहरुले, गोठ बेंसी झार्ने 

    मष्टलाइ पूजने मङ्सिरे पुर्णिामा । 

    मुन्ठाइका धामीमा सबार भैइ, 

    दे ! गोसाइ महाराज आऊ ।। 

    घण्टा र चमर हातमा हल्लाई 

    कलशको पानी शरीरमा खन्याई 

    मुन्ठाइका धामी थानमा आया 

    तमी गोसाइ सुबा दाइना भया 

    मुन्ठाइका धामीमा सबार भै 

    दे ! गोसाइ महाराज आऊ ।। 

    तमिलाई भनी सेता बाबर 

    पक्याउन लगाउला , 

    नौली चामलको खीर बनाई 

    तमिलाई चढाउला, 

    गाब्या र आलन 

    तोड गोसाई चढाउला 

    मुन्ठाइका धामीमा सबार भै 

    दे ! गोसाइ महाराज आऊ ।। 

    देवता मा: जैका मुन्ठाइ रे ठुला 

    तमी गोसाइ सुबा दाइना भया । 

    फुलको माला तुही मष्ट चढाउला 

    नौली न्वागी तमिमा ल्याउला । 

    मुन्ठाइका धामीमा सबार भै 

    दे ! गोसाइ महाराज आऊ ।। 

    उधौली पर्ब,मङ्सिरे पुर्णिामा, 

    मुन्ठाको पाइलो पछ्याउदै आउने 

    मष्टलाई पूजने मङ्सिरे पुर्णिामा 

    मुन्ठाइका धामीमा सबार भै 

    दे ! गोसाइ महाराज आऊ ।। 

    समाप्त

  • सम्बन्धित विषय:

  • # मङ्सिरे पुर्णिामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology