Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वैज्ञानिकले बनाए प्रकाशबाट कोरोना पत्ता लगाउने स्मार्ट मास्क

वैज्ञानिकले बनाए प्रकाशबाट कोरोना पत्ता लगाउने स्मार्ट मास्क

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • २०:१९:४९ बजे
  • 1.3K
    SHARES
  • वैज्ञानिकले बनाए प्रकाशबाट कोरोना पत्ता लगाउने स्मार्ट मास्क

    जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले कोरोना संक्रमण भए नभएको जाँच गर्नका लागि नयाँ तरिका खोजी गरेका छन् ।

    images

    उनीहरुले बनाएको मास्कले मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट कोभिड–१९ भए वा नभएको जानकारी दिन्छ । मोबाइलका अतिरिक्त अल्ट्रा भ्वायलेट (परावैजनी) प्रकाशबाट पनि पत्ता लगाउन सकिन्छ ।

    यो मास्कको विशेषता यो छ कि मास्कको फिल्टर अस्ट्रिचको कोशिकाबाट बनाइएको हो । अनुसन्धानका अनुसार मास्कको अघिल्लो तहमा एक फिल्टर लगाइएको छ । यसमा एक फ्लोरिसेन्ट स्प्रे लगाइएको छ ।

    यसमा एक एन्टीबडी हुन्छ । जुन भाइरससँगै बन्द हु्न्छ । यदि मास्कमा भाइरसको कण देखियो भने परावैजनी प्रकाश (यूभी) चम्किन्छ । यो मास्क स्मार्टफोनको एलईडी मा चम्किन्छ ।

    युनिभर्सिटीको रिपोर्टमा भनिएको छ कि वैज्ञानिकले सबैभन्दाम पहिले कोरोना भाइरस पोथी अस्ट्रिचमा प्रवेश गराएका थिए । पछि अस्ट्रिचको अण्डाबाट एन्टिबडी निकालेर फ्लोरिसेन्ट स्प्रे तयार पारिएको थियो ।

    अस्ट्रिचबाट निक्लने एन्टीबडी कयौ किसिमका भाइरस र ब्याक्टेरियोको बिरुद्धमा काम गर्ने वैज्ञानिकहरुले बताएका छन् । अनुसन्धानको नेतृत्व गरेका वैज्ञानिक यासुहिरो सुकामोटोले मास्को परीक्षण केवल १० दिनमा गरेको बताएका छन् ।

    परीक्षणमा समावेश ३२ कोरोनाका बिरामीको मास्क यूभी प्रकाशमा चम्किएको थियो । अचम्मको कुरो के छ भने जसरी बिरामीमा सुधार आयो त्यसरी नै मास्क चम्किन छोडेको थियो ।

    अबको परीक्षण १५० मानिसमा गरिने लक्ष्य रहेका सुकामोटोले बताएका छन् । यदि परीक्षण सफल भएमा सरकारी अनुमति लिइने योजना रहेको उनले बताए । अनुमति पाए लगत्तै यो मास्क २०२२ मा बजारमा आउने अनुमान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # स्मार्ट मास्क
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology