Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हङकङ नेपाली व्यापार संघको अध्यक्षमा (मोना)का संस्थापक प्रकाश पुन

हङकङ नेपाली व्यापार संघको अध्यक्षमा (मोना)का संस्थापक प्रकाश पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • १०:२४:०४ बजे
  • 1.2K
    SHARES
  • हङकङ नेपाली व्यापार संघको अध्यक्षमा (मोना)का संस्थापक प्रकाश पुन

    हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशनबाटम्याग्दी प्रवासी नेपाली संघ (मोना)का संस्थापक प्रकाश पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

    images

    शनिबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षः–कविता गुरूड, उपाध्यक्ष सुमन थापा महासचिव अर्जुन गौचन,सचिव भेषमनी श्रेष्ठ, कोषाध्यक्ष टिका माया श्रेष्ठ, सहकोषअध्यक्ष करूण श्रेष्ठ रहेका छन् ।

    त्यसैगरी सदस्यहरूमा सुरज श्रेष्ठ,सन्तोष कुमार गुरूड, ज्ञानेन्द्र थापा र अनिता गुरूड रहेका छन् । म्याग्दी निवासी पुन प्रवासी म्याग्देलीको साझा संस्था मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष तथा हाल संरक्षक समेत हुन् ।

    नेपाल र हङकङको ब्यापार प्रर्वधनमा सक्रिय रहेको संघको अधिवेशन उद्घाटन गदैं प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदय राना मगरले नेपाली उत्पादनलाई बजारीकरणमा सहज हुने बताए ।

    p1.jpg

    अधिवेशनको अवसरमा नेपाल एयरलाइसका कन्ट्री म्यानेजर  नवराज उपाध्याय, एनआरएएनका अध्यक्ष गोकर्ण ढकाल, नेपाली महासंघका अध्यक्ष रिता गुरूड, चेम्बर अफ कर्मस अध्यक्ष डासुराम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ हङकङका सदस्य कृष्ण पाण्डे,मगर संघका अध्यक्ष हेम थापा,थकाली सेवा समितिका अध्यक्ष हर्क नारायण तुलाचन, तमाडःघेदुडका अध्यक्ष रमेश मुक्तान, अल्पसंख्यक नेपाली संगठनका अध्यक्ष शिला घामला नेपाली महिला संघका महासचिव अनु राई, क्षेत्री समाजका राजेन्द्र थापा लगायतले मन्तब्य राखेका थिए ।

    अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका पुनले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन यसअगाडी समेत विभिन्न अभियान सञ्चालन र साथै आगामी दिनमा १० अर्ब  लगानी गर्ने पनि बताउनु भयो ।

  • सम्बन्धित विषय:

  • # संस्थापक प्रकाश पुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology