Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाँदरले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुर मारिदियो

बाँदरले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुर मारिदियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • १४:१९:५२ बजे
  • 1.6K
    SHARES
  • बाँदरले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुर मारिदियो

    एजेन्सी । भारतमा आक्रोशित बाँदरहरुले दर्जनौं कुकुर मारिदिएका छन् । भवनको छत तथा रुखका टुप्पामा लगेर बाँदरहरुले कुकुरको हत्या गरिदिएका हुन् ।

    images

    महाराष्ट्रको विड जिल्लामा ककुरहरुको एउटा समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि त्यसको बदलामा बाँदर उत्रिएको हो । जिल्लाको मजलगाओन र लभुल गाउँमा बाँदरहरुको एउटा हुलले कुकुर मारिदिएको थियो ।

    बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रुखको टुप्पोबाट खसालेका थिए । आक्रोशित बाँदरहरुले बिद्यालयका बालबालिकालाई पनि खेदेका थिए ।

    कुकुर देख्नेवित्तिकै बाँदरले अग्लो रुखको टुप्पो वा भवनको छतमा लगेर खसालिदिएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार बाँदरले पछिल्लो एक महिनामा मात्र २५० कुकुरलाई अग्लो ठाँउबाट खसालेका छन् ।

    आक्रमणबारे सार्वजनिक भएको एउटा भिडियोमा बाँदरले निर्दयी ढंगले एउटा कुकुरको बच्चालाई टोकेर घरको छतमा पु¥याएर त्यहाँबाट खसालेको देख्न सकिन्छ ।

    बाँदरलाई नियन्त्रणमा लिन स्थानीयले वन विभागका अधिकारी गुहारेका थिए । तर, विभागबाट खटिएका कर्मचारीले बाँदर नियन्त्रण गर्न नसकी फर्किएका थिए ।

    स्थानीयका अनुसार बाँदरहरुले कुकुरमाथि अझै बदला लिइरहेका छन् । केही कुकुरहरुले बाँदरको एउटा बच्चा मारिदिएपछि बाँदर योजनाबद्ध ढंगले प्रतिकारमा उत्रिएका हुन् ।

    विभागका कर्मचारीहरुले बाँदरलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीयले नै कुकर जोगाउन थालेका छन् । बाँदर देख्ने वित्तिकै उनीहरुले भगाउनेदेखि कुकुरलाई सुरक्षित क्षेत्रमा पठाउन थालेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology