Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विसापा अन्तर्राष्ट्रिय सद्भाव समितिमा अध्यक्ष मिश्रको अवैधानिक हस्तक्षेप प्रति सुरेश भट्टको आपत्ति 

विसापा अन्तर्राष्ट्रिय सद्भाव समितिमा अध्यक्ष मिश्रको अवैधानिक हस्तक्षेप प्रति सुरेश भट्टको आपत्ति 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • २२:४१:१२ बजे
  • 1.4K
    SHARES
  • विसापा अन्तर्राष्ट्रिय सद्भाव समितिमा अध्यक्ष मिश्रको अवैधानिक हस्तक्षेप प्रति सुरेश भट्टको आपत्ति 

    दोहा।विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समितिमा अध्यक्ष रविन्द्र मिश्रको अवैधानिक हस्तक्षेपप्रति आपत्ति समितिका अध्यक्ष सुरेश भट्टले आपत्ति जनाएको छ ।

    images


    मिश्रले पुस १ मा भट्टलाई अन्तर्राष्ट्रिय समितिका संयोजकको भूमिकाबाट हटाएका थिए । पार्टीलाई पश्चगामी बाटोमा लैजान विधान र एकिकरण सम्झौता च्यातेर आफूलाई कारबाही गरिएको भट्टले एक विज्ञप्ति जारी गरि आरोप लगाएको छ। 


    अन्तर्राष्ट्रिय सद्भाव समितिमा अध्यक्ष रविन्द्र मिश्रको अवैधानिक हस्तक्षेपप्रति आपत्ति :

    यही २०७८ साल पुष १ गते रवीन्द्र मिश्र नेतृत्वको अवैधानिक वैठकले "अन्तर्राष्ट्रिय समितिका संयोजकको भूमिका 'विविध कारण'ले परिवर्तन गर्नु पर्ने" भन्दै गरेको तथाकथित निर्णयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। 

    यही अवैधानिक निर्णयको आधारमा हाल अन्तर्राष्ट्रिय समितिमा समानान्तर ढंगले बैठक आयोजना गर्ने र एकिकरण घोषणापत्र विपरित नेतृत्व अपदस्थ गर्ने क्रियाकलाप समेत भइरहेको जानकारी आएकाले अन्तर्राष्ट्रिय समितिका सदस्यहरुलाई यसमा संलग्न नहुन सचेत गराउन चाहन्छु।

    साथै, पार्टी स्थापनाका आधार, मतदाताहरुको मतादेश तथा पार्टी एकिकरणको घोषणापत्र विपरित  संविधानविरोधी, व्यवस्थाविरोधी, परिवर्तनविरोधी, युवा-महिलाविरोधी तथा प्रवासमा रहेका पार्टी सदस्य/शुभेच्छुक विरोधी पश्चगामी बाटोमा पार्टी लैजान विधान र एकिकरण सम्झौता च्यातेर भैरहेका गतिविधिप्रति प्रवासमा रहेका सदस्यहरु सहमत नभएको  र विभिन्न देशका नेतृत्वकर्ताहरूले राजीनामा समेत दिनुभएको जगजाहेर छ ।


    अतः वैकल्पिक राजनीति र विवेकशील साझा पार्टीलाई यसको वास्तविक पहिचान र धरातलमा अघी बढाउन म सक्षम रहेको जानकारी गराउँदछु।

    सुरेश भट्ट
    अन्तराष्ट्रिय समिति संयोजक
    तथा केन्द्रीय समिति सदस्य विवेकशील साझा पार्टी
    मितिः २०७८ पुष ५

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology