Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिदाको घुमघाम योजना रद्ध गरौं: डब्ल्युएचओ

बिदाको घुमघाम योजना रद्ध गरौं: डब्ल्युएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • ०८:३४:१३ बजे
  • 880
    SHARES
  • बिदाको घुमघाम योजना रद्ध गरौं: डब्ल्युएचओ

    एजेन्सी । कोभिडको ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ विदाका बेलाको घुमघाम गर्ने योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ।

    images

    ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो ।’

    विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ‘कठिन निर्णय’ गरिनुपर्ने बताएका छन्। ‘केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुनेछ ।’

    उनले भने। उनका अनुसार ‘ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य’ प्राप्त भएको छ। फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो।

    दक्षिणी नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरिसकेको छ। सोमवार ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडनले देशलाई बन्द गर्ने योजना नबनाएको जनाएको छ।

    अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका थिए ।

    अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डब्ल्युएचओ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology