Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रेस नोट

राष्ट्रिय झण्डा जलाउनेलाई कडा कार्वाहीको माग गर्दै प्रवासी नेपाली एकता मञ्च ओमानले जारी गर्यो प्रेस नोट

राष्ट्रिय झण्डा जलाउनेलाई कडा कार्वाहीको माग गर्दै प्रवासी नेपाली एकता मञ्च ओमानले जारी गर्यो प्रेस नोट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७७ बुधवार • १७:३४:४६ बजे
  • 3.9K
    SHARES
  • राष्ट्रिय झण्डा जलाउनेलाई कडा कार्वाहीको माग गर्दै प्रवासी नेपाली एकता मञ्च ओमानले जारी गर्यो प्रेस नोट
    नेपाल सरकार तथा राज्यब्यबस्था,यथास्थिति सामाजिक बिकृती,व्यबहार,स्वास्थ्य,शिक्षा,गाँस,बास,कपास लगायतका नैसर्गिक हकहित अथवा राज्यको हरेक निकाए,पहुँचमा पछि पारिएका,परेका,शक्ति,पहुँच व्यबहार,कानुनी अधिकारले थिचिएका आम नागरिकलाई कानुनि राज्यको अनुभुति गर्न गराउन,राज्य ब्यबस्था,सरकार,सरोकारवाला निकाय,समग्र नेपालीको नैतिक जिम्मेवारी हो । 

    जस्को लागि हामी सदैव हाम्रो आवज बुलन्द गर्दै आईरहेका छौ । पछिल्लो समय राज्य तथा विभिन्न मिडियामा हुने,आउने घटना क्रम मध्य एक म्युजिक भिडियोले प्रवासी नेपाली एकता मञ्च ओमनले ध्यानाकर्षण गराएको छ । 

    एक म्युजिक र्‍यापर,मङ्गोल ग्याल्जनी नाम गरेका व्यक्तिले आफ्नै रचनामा निकालिएको ‘’देशद्रोही’’ नामको म्युजिक सार्बजनिक भए सँगै उक्त म्युजिक भिडियोमा नेपाल र नेपालीको रास्ट्रिय झण्डा अथवा रास्ट्रियता जलाईएको प्रति जतिसुकै निन्दा गरे पनि कम हुन्छ । 


    शिक्षा आर्जन गर्ने ठाउँ स्कुल जस्तो स्थान,मकवानपुर सल्लेरीको बिष्णु आधारभुत माध्यमिक बिद्यालय प्राङ्गणमा रास्ट्रको गौरव जलाईनुले समाजमा सयौं प्रश्न खडा गरेको छ ।


    "mongol hop officials" youtube media बाट अप्लोड उक्त भिडियोका शब्दहरु समेत जातीय,क्षत्रीय,बिभाजन तथा सामाजिक सहिष्णुता प्रतीनै बिखन्डन गराउने खाल्का अपक्ष, साथै र्राष्ट्रिय स्थरका विभिन्न ब्यक्तित्वहरुको फोटो समेत जलाईएको प्रती,ती तेस्ता अराजक गतिविधिमा संन्लग्न जोकोहीहोस प्रचलित कानुन बमोजिम कडाइका साथ कारबाही गर्न गराउन नेपाल सरकार तथा संबंधित सबै निकाएलाई जोरदार माग गर्दछौं । 

    साथै सबै जातजाति, रितिरिवाज, रहनसहन लगायत सम्पुर्ण धर्म सस्कृती तथा समाज प्रति उतिकै माया ममता र सम्मान सहित आग्रह र अनुरोध गर्दछौं । 

    हाम्रो हजारौं समस्या समाधान तथा राज्यतह सम्म पुग्न पुराउन अथवा कानुनी राज्यको अनुभुती गर्न गराउन कानुनी बाटो रोज्न प्रवासी नेपाली एकता मञ्च ओमानले प्रेस नोट जारी गरेको छ । 
    प्रेस नोट जस्ताको तस्तै
    MANCHA 1.jpg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology