Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गाडीभित्रै शिशु जन्मिएपछि…

गाडीभित्रै शिशु जन्मिएपछि…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • १८:०९:४५ बजे
  • 1.4K
    SHARES
  • गाडीभित्रै शिशु जन्मिएपछि…

    एजेन्सी । अमेरिकामा एक दम्पतीलाई टेस्लाको गाडीभित्रै सन्तान लाभ भएको छ ।

    images

    अमेरिकी विद्युतीय कार टेस्लाभित्रै शिशुको जन्म भएको हो । शिशुलाई संसारकै पहिलो टेस्ला बेबी नाम दिइएको छ ।

    फिलाडेल्फियाका ३३ वर्षीया यिरान शेरी र उनका ३४ वर्षीय पति किटिङ कारमा यात्रा गरिरहेका बेला अकस्मात शेरीलाई सुत्केरी बेथा लाग्यो । दुर्भाग्यवश, त्यही बेला उनीहरु ट्राफिक जाममा परे ।

    यात्राकै समयमा बीच बाटोमा सुत्केरी व्यथा लागेपछि र जाममा परेपछि उनीहरुलाई लाग्यो अब समयमै अस्पताल पुगिदैन् । तसर्थ उनीहरुले गाडिलाइ अटोपाइलट मोडमा राख्ने निधो गरे ।

    उनीहरु फसेको स्थानबाट २० मिनेटको दूरीमा अस्पताल थियो । त्यसपछि किटिङले प्रसुतिका लागि श्रीमतिलाई सहयोग गरे । ‘उनले मेरो हात जोडले समाएकी थिइन् ।

    मैले उनलाई आफ्नो सासमा ध्यान दिन आग्रह गरे, ताकी उनी शान्त रहुन,’ केटरिङले भने । केही समयमा नै उनले गाडीभित्रै शिशु जन्माइन् । उनीहरुले बच्चाको सालनाल पनि गाडिभित्रै काटे ।

    अटोपाइलट मोडमा रहेको गाडी त्यतिबेलासम्म अस्पतालमा पुगिसकेको थियो । दम्पत्तीले आफूहरुले भोगेको समस्या सुन्दा अस्पतालका कर्मचारी पनि दंग परेका थिए ।

    लगत्तै एक कर्मचारीले, ‘टेस्ला बेबी’ भनेका थिए । चिकित्सकहरुले बच्चा स्वस्थ भएको जानाकारी दिएपछि यो दम्पती खुसीले फुरुङ्ङ भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology