Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमिक्रोनबाट सङ्क्रमितको संख्या भारतमा २ सय १३ पुग्यो

ओमिक्रोनबाट सङ्क्रमितको संख्या भारतमा २ सय १३ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • १९:०५:३२ बजे
  • 1.0K
    SHARES
  • ओमिक्रोनबाट सङ्क्रमितको संख्या भारतमा २ सय १३ पुग्यो

    छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट संक्रमितको संख्या २ सय १३ जना पुगेको छ ।

    images

    ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । ती मध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन् ।

    दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

    उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट भने छ हजार ३१७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी अरु ३१८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    देशभरी अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ७८ हजार १९० पुगेको छ । यो सङ्ख्या ५७५ दिन पछिकै सबैभन्दा कम हो ।

  • सम्बन्धित विषय:

  • # ओमिक्रोन भेरियन्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology