Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चेते कुलालको १५ वर्षदेखि ओढारमै बास

चेते कुलालको १५ वर्षदेखि ओढारमै बास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १५:०२:५६ बजे
  • 1.0K
    SHARES
  • चेते कुलालको १५ वर्षदेखि ओढारमै बास

    जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका छन् ।

    images

    घर नभएपछि उनी १५ वर्षदेखि ओढारमा बास बस्दै आएका छन् । उनीसँग सम्पत्तिको नाममा एउटा फाटेको कम्बल छ । उनी बिहान बेलुकका छाक टार्नका लागि सडकमा भौँतारिँदै हिँडेका छन् ।

    स्थानीय सरकार आएको करिब पाँच वर्ष पुग्न लागिसकेको छ । तर, उनी वर्षौंदेखि गाँसबासको खोजीसँगै ओढारमा रात बिताउँदै आएका छन् ।

    चेते कुलाल हिमपातमा होस् या वर्षायाममा झरीलाई झेलेर किन नहोस्, ओढारमा बस्दै आएका छन् । बिहान सबेरै गाँसको व्यवस्थाका लागि गाउँदेखि जिल्ला सदरमुकामसम्म उनी पुग्ने गरेका छन् ।

    गाउँमा हुने राहत वितरणमा उनले नपाउने गरेको गुनासो स्थानीयले गरेका छन् । तर, स्थानीय तहले भने उनलाई राहत उपलब्ध गराउने गरेको दाबी गरेको छ ।

    चेते कुलाल भोक लाग्नेबितिकै माग्न हिड्ने गरेका छन् । गाउँमा कसैले दिएमा उनले खान पाउँछन् । नत्र उनी भोकै ओढारमा बस्छन् । चेतेलाई छाडेर श्रीमती र छोरा अलग्गै बस्छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology