Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्रिसमस डेमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

क्रिसमस डेमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १५:१२:१३ बजे
  • 991
    SHARES
  • क्रिसमस डेमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

    images

    क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा १० पुस अर्थात भोलि शनिबार सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

    बैठकले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।

    औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र रोडी गाउँपालिकाको नाममा जिल्लासभा रुपन्देहीको जग्गा हस्तान्तरण गर्न स्वीकृत दिने, हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने, वैदेशिक द्रुत डार्क सेवा, इएमएस महसुल पुनरावलोकन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology