नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा नेपाल प्रजातन्त्र पार्टीका अध्यक्ष एबम प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङ्देन ज्यूले कार्यकर्ताले गाउँको कुनै सामुदायिक भबन या चौतारामा नेता आएको कुरा गाउँलेहरुलाई सुनाउदा उनिहरुले कुन चोर आएछ भन्ने गरेको कुरा बताएका थिए ।
अझै उनले मेरो नाउँ लिउ या अरुको, कसैको पनि नाम नलेउ भो भन्दै हसाउने काम समेत गरेका थिए । उनीपछी, त्यहीँ मन्चबाट एमाले अध्यक्ष केपि शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधब कुमार नेपालले आक्रामक शैलीमा चोर शब्दको प्रतिबाद गरेका थिए ।
राजेन्द्र लिङ्देनको त्यो अभिव्यक्ति पत्रपत्रिका, सामाजिक सन्जाल, सहरबजार, बाटोघाटो हुँदै गाउँ बस्ती र चौतारीसम्म पुग्यो । सामाजिक संजालको भाषा प्रयोग गर्ने हो भने त्यहीँ शब्दले उनलाई भाइरल बनायो । कतिपयले उनको यस्तो अभिव्यक्तिलाई सकारात्मकरुपमा लिए भने कति पयले नकारात्मक ।
प्रसंसा र आलोचना दुबै खेप्नु पर्यो । मेरो बिचारमा प्रसंसा ति ब्यक्तिहरुले गरे जसले देश, जनता, यहाँको परिवेश र नेताहरुको बिलाशिपुर्ण जीवनशैलीलाई देखेका र बुझेका छन । त्यस्तै गरी आलोचना ति ब्यक्तिहरुले गरे जो तिनै नेताहरुका कार्यकर्ता, आसे पासे, गासेहरु र अन्ध भक्त थिए । नेताहरुको लागि उनको शब्दबाण अर्जुनको निशान जस्तै बन्न पुग्यो । त्यहीँ शब्दबाणको कारण मन्चमा आसिन नेताहरु घाएल जस्तै बन्न पुगे ।
अब हामी छलफल गरौं, लिङ्देनले भने जस्तै के नेताहरु साच्चै चोर हुन त ? यसका लागि चोर भनेको के हो ? बुझ्नु सान्दर्भिक हुने छ । कुनै पनि ब्यक्तिको नगद या जिन्सी सामान बिना उसको अनुमति लुकिछिपी लगेर उपयोग गर्नुलाई चोरी भनिन्छ भने लाने ब्यक्तिलाई चोर ।
अर्को अर्थमा जसको रुप धोका दिनेखालको हुन्छ उही चोर हो । अझ भन्ने हो भने चोर भन्ने शब्दले खराब आचरण र व्यबहार भएको मान्छेको प्रतिनिधित्व गर्छ । चोर भन्ने शब्द र ब्यक्ति दुबैलाई मन पराउने यस दुनियाँमा एक जना पनि छैन होला ।
आजसम्मको अनुसन्धानले यही भनेको छ कि सन्सारका जुनसुकै चोरलाई पक्रेर चोर्ने काम ठिक हो या होइन भन्ने प्रश्न सोद्दा चोर्ने काम चाही ठिक होइन नै भनेका रहेछन । चोर आफैलाई पनि मन नपर्ने शब्द मन्चमा आसिन महामहिम भन्न रुचाउने नेताहरुलाई मन पर्ने नै भएन त्यहीँ भएर होला लिङ्देन माथि ब्वासाले शिकारमाथि जाईलागे जस्तै पालै पालो शब्दरुपी बाणहरुले हानीरहे ।
लिङ्देन आफै नेता हुन, नेता भएकै हैसियतले जे देखे त्यहि कुरालाई गाउँका कार्यकर्ता र जनतालाई पात्र बनाएर भनिदिए । पात्र फरक थिए होला तर उनको अभिव्यक्तिमा बास्तबिकता भएकै हुनुपर्छ ।
नेता भएकै कारण आफैले भनेको अभिव्यक्ति भित्र उनी पर्छन वा पर्दैनन त्यो कुरा उनैलाई सोध्नु पर्छ तर नेपालका नेताहरु समक्ष देखाएको उनको साहसलाई मान्नै पर्छ । उनले यस देशमा इमानदार र राष्ट्र भक्त नेताहरु पनि छन भनेर सोचिदिएको भए राम्रो हुने थियो तर भन्दिएर राम्रै गरे जस्तो मलाई लागेको छ ।
नेताहरूलाई सुधार्न र सहि मार्गमा निर्देशित गर्न यस्ता अभिव्यक्तिहरु पनि राम्रै हुन्छ भन्ने आम नेपालीलाई लागेको हुनुपर्छ । जनता र देशको बारेमा रत्तिभर पनि नसोच्ने आफ्नै ढुकुटी भर्न मात्र ब्यस्त नेताहरुलाई भन्नै पर्ने कुरा भनिदिए । जनताको भाबनालाई मन्तब्य मार्फत नेताहरुसम्म पुर्याईदिएकोमा नेपाली जनताले लिङ्देनलाई धन्यवाद दिनै पर्छ ।
अब हामी छलफल गरौं, लिङ्देनले भने जस्तै के नेता साच्चै चोरै हुन त ? यो कुरालाई प्रमाणित गर्ने केहि तर्क तिर लागौं । जुन तर्कले लिङ्देनको अभिव्यक्तिलाई ठिक हो या होइन भनेर साबित गर्नेछ:
पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधि सभामै भनेका थिए " सबै नेताको सम्पत्ति छानबिन गरौं, मेरो आग्रह छ । म लगाएत हामिसबैको । हिजो हामी साथिले दिएको जडौरी कपडा लाएर हिड्थ्यौ, चप्पल लाएर हिड्थ्यौ, आज हामी कसरी सुटेटबुटेड भएका छौं, कसरी चिल्ला कार चढेर हिडेका छौं, कसरी हाम्रो महल बन्यो ।
गाउँमा बुकुरो घर भएका हामी, काठमाडौमा महल बनाउने हाम्रो हैसियत कसरी भयो ? लाख प्रयत्न गर्दा पनि हाम्रो दृश्य कमाईले काठमाडौमा घर, महल बनाउन सकिदैन, त्यत्रो सम्पत्ति नेताहरुसङ्ग कसरी आयो ? " देशको प्रधानमन्त्री भैसकेको ब्यक्ति र राजनैतिक पार्टीको जिम्मेवार ब्यक्तिले बोलेको कुरा के असत्य हो ? होइन, उनले जे बोले त्यो शत प्रतिशत सत्य बोले भन्ने मलाई लाएको छ । यसैबाट थाह हुन्छ कि राष्ट्रको ढुकुटीको हिनामिना गरेर सुटेट्बुटेट भई चिल्ला गाडी र महलमा बस्ने नेतालाई चोर नभनेर के सादु भन्ने ? लिङ्देनले जे भने सहि भने भन्ने गतिलो प्रमाण यही हो ।
त्यस्तै गरी एउटा कार्यक्रममा प्रचण्डले भनेका थिए, वडा, गाउँ पालिकाको चुनाबै लड्नै २/४ करोड लाग्ने भयो अब कसरी चुनाब लड्ने । अब भन्नुस प्रदेश सभा र प्रतिनिधि सभामा गरिने करोडौं खर्च नेताहरुसङ्ग कहाँबाट आयो र आउछ । पक्कै पनि दृश्य कमाईबाट आएको सम्पत्तिले यत्रो खर्च धान्न त सकिदैन ।
जसको न ब्यापार छ न पुर्खेयौली सम्पत्ति; त्यसता नेताले गर्ने यत्रो खर्च कहाँबाट आउछ, बुझ्नु पर्ने कुरै यहीँ छ । यस्ता नेतालाई लिङ्देनले जे भने ठिकै भने ।
अब कुरा गरौं एमालेको अधिबेशनको, चितवनमा भएको १० औ अधिबेशनमा करिब एक अरब खर्च भएको छ रे, पत्रपत्रिका र मिडियामा आएको जानकारी अनुसार । त्यहाको कुम्भ मेला देख्दा जो कोहिले पनि अनुमान लगाउन सक्छन त्यति खर्च हुनै पर्छ ।
अब भन्नुस नेताहरुसङ्ग त्यति धेरै पैसा कहाँबाट आउछ र खर्च गर्छन ? यत्रो रकम पक्कै पनि दृश्य कमाईबाट आएको त होइन होला ? भनेपछि यसरी खर्च गर्ने नेतालाई के भन्ने सादु वा चोर ?
अब यहीँ कुरालाई चोरको परिभाषाबाट हेरौं, नेताहरुको सुख सयल, सुबिधा, बिलासितापुर्ण जीबन सैली, उनिहरुको सम्पत्ति, उनिहरुले चुनाबमा गर्ने खर्च हेर्ने हो भने त्यो सबै आबश्यक्ता पुरा गर्न लुकिछिपि, टेबल मुनि वा माथिबाट राज्यकै कोषबाट लिएको हुनु पर्छ । लुकिछिपि अकुत सम्पत्ति लिएर घरमहल जोड्ने, सुटेडबुटेड सैलीमा हिड्ने, चिल्ला र महगा गाडी चढ्ने नेताहरुलाई चोर नभनेर के भन्ने ? यस अर्थमा पनि लिङ्देनले भन्नै पर्ने कुरा भनिदिए ।
चोरकै अर्को अर्थ; आचरण र व्यबहार खराब नियत भएका ब्यक्ति चोर हुनु । जनतालाई हुने नहुने आश्वासन दिने, अश्वासन दिए अनुसारको रत्तिभर काम नगर्ने ।
देशलाई बिकास तिर नभैइ बिनाश तीर लाने । भ्रष्टाचार र बिभेद जस्ता कुरालाई पक्षपोषण गर्ने, ५०/६० लाख युवा जनशक्तिलाई तातो घाममा सेकाएर रमाउने नेताहरुलाई लिङ्देनको शब्द प्रयोग नगरेर के गर्ने ?
चोरकै परिभाषाले धोकेबाज पनि चोर हुन भनेको रहेछ । सच्चा नेता त्यो हो जसले जनतासङ्ग गरेको बाचालाई पुरा गरेको हुन्छ । यसै सन्दर्भमा केहि उदाहरण हेरौं, केपि शर्मा ओलीले दुई दुई पटक प्रतिनिधि सभा बिघटन गरे जुन नेपाली जनताको जनमत माथिको धोका थियो ।
कम्युनिस्ट जति मिलेर देशको बिकास गर भनेर जनताले पठाएको होइन । यिनिहरु किन फुटे के साच्चै जनताको लागि फुटेका हुन त ? अवस्था होइन आफ्नो पद र प्रतिष्ठा बचाउन फुटेका हुन ।
जनताको अभिमत माथि खेल्ने नेता धोकेबाज नै हुन । नेपालका नेताहरुले नेपाली जनतालाई जति धोका दिएका छन सायद अन्य देश्का नेताहरूले दिएका छैनन होला अब भन्नुस यस्ता नेतालाई चोर नभनेर के भन्नु ।
यि सबै कुरा हेर्दा राजेन्द्र लिङ्देनले साचो कुरा पो भनेका रहेछन जस्तो मालाई लागेको छ हजुरलाई नि...? सबै नेताहरुलाई एकै टोकरीमा राखेर मुल्यांकन गर्दा सच्चा, देशभक्त, इमानदार, त्यागी नेताहरुमाथि अन्याय हुनेछ भन्दै उहाहरु प्रति उच्च सम्मान प्रकट गर्दछु ।
यो लेख उहाँको ब्यक्तिगत बिचार हो ।