Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रेममा रुवाउने यी अभिनेत्रीहरू,प्रेम सम्बन्ध लामो समयसम्म चल्न सकेन

प्रेममा रुवाउने यी अभिनेत्रीहरू,प्रेम सम्बन्ध लामो समयसम्म चल्न सकेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • ११:४१:०० बजे
  • 898
    SHARES
  • प्रेममा रुवाउने यी अभिनेत्रीहरू,प्रेम सम्बन्ध लामो समयसम्म चल्न सकेन

    मुम्बई(एजेन्सी) । फिल्म विश्वमा जोडिएको र अलग्गिएको चर्चा प्रायः भइरहन्छ । कैयौं स्टारहरु यस्ता छन्, जसको प्रेम अन्य स्टारसँग एकपटक नभई कैयौंपटक हुने गर्दछ ।

    images

    बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले एकपटक मात्र नभई कैयौं पटक हेण्डसम प्रेमीसँग प्रेम गरेर उनीहरुको हृदयमा विछोडको छुरा चलाएका छन् ।

    अभिनेत्री सुस्मिता सेनले हालैमात्र प्रेमी रोहमन शलसँग ब्रेकअपको घोषणा गरिन् । रोहमनसँग करिब तीन वर्ष डेट गरेपछि अभिनेत्रीले सम्बन्ध सकिएको खुलाइन् ।

    यी अभिनेत्रीले यसअघि झण्डै दश हेण्डसमसँग ब्रेकअप गरिसकेकी छन् । यो सूचीमा विक्रम भट्ट, रणदीप हुड्डा, बन्टी सचदेवादेखि लिएर इम्तियाज खत्रीसम्मको नाम छ ।

    अभिनेत्री प्रियंका चोपडाको अफेयरको सूची पनि लामै छ । उनको प्रेम सम्बन्ध अभिनेता शाहरुख खानदेखि लिएर शाहिद कपुरसम्म थियो । उनको अफेयर हरमन बावेजासँग पनि थियो ।

    यद्यपि उनले यी हेण्डसमसँग नभई हलिउड स्टार निक जोनससँग सम्बन्ध गाँसिन् । अर्की अभिनेत्री दीपिका पादुकोणको नाम धेरै हेण्डसमसँग जोडिएको छ ।

    अभिनेता रणवीर सिंहसँग विवाह अघि उनको अफेयर रणवीर कपूरसँग थियो । यसअघि उनको नाम युवराज सिंह, सिद्धार्थ माल्या, निहार पाण्ड्या र उपेन पटेलसम्म जोडिएको थियो ।

    सिंहबाहेक अन्य कुनै पनि हेण्डसमसँग उनको प्रेम सम्बन्ध लामो समयसम्म चल्न सकेन । बलिउड सुपरस्टार सलमान खानसँग ब्रेकअप पछि अभिनेत्री ऐश्वर्या रायको नाम विवेक ओबरोयसँग जोडियो । विवेकले जसै सलमानसँग झगडा गरे, त्यसपछि ऐश्वर्याले विवेकसँगको सम्बन्ध पनि तोडिन् ।

    उनले विवेकको क्रियाकलाप ‘अपरिपक्व’ भएको प्रतिक्रिया दिएकी थिइन् । अभिनेत्री जाह्नवी कपूरको नाम उनको डेब्यू फिल्म ‘धड्कन’ स्टार इशान खट्टरसँग जोडिएको थियो ।

    फिल्मको प्री–लञ्च इभेन्टको समयमा उनीहरु निकै नजिक देखिएका थिए । यसपछि उनीहरु लामो समयसम्म सँगै देखिए । उनीहरुमा जसै प्रेमको तह बढिरहेको थियो, जाह्नवीका पिता बोनी कपुरले उनीहरुको सम्बन्धलाई मान्यता दिएनन् । त्यसपछि उनले ईशानसँग ब्रेकअप गरिन् ।

    अभिनेत्री आलिया भट्ट हालका दिनमा अभिनेता रणवीर कपूरसँग डेट गरिरहेकी छन् । यसअघि उनी अभिनेता सिद्धार्थ मल्होत्रासँगको डेटमा थिइन् । तर उनीहरुको सम्बन्ध केही समयसम्म मात्र रह्यो । अभिनेत्री विपाशा बसु र अभिनेता जोन अब्राहमको सम्बन्ध निकै वर्षसम्म चल्यो । दुवै लिभ इन रिलेसनसिपमा थिए ।

    उनीहरुबीच मतभेद भएपछि अलग्गिने निर्णय लिए । जोनले विपाशाअघि डिनो मारियासँग डेट गरेका थिए । अभिनेत्री कटरीना कैफले हालैमात्र अभिनेता विकी कौशलसँग विवाह गरिन् । यसअघि उनको नाम सलमान खान र रणवीर कपूरसँग जोडिएको थियो । यसबाहेक उनी सिद्धार्थ माल्यासँगको प्रेममा पनि थिइन् ।

    एक समय थियो, जब अभिनेत्री माधुरी दिक्षितको नाम अभिनेता सञ्जय दत्तसँग जोडिएको थियो । उनीहरुको अफेयरको चर्चा खुबै भएको थियो । जसै सञ्जयको नाम सन् १९९३ को मुम्बई बम ब्लाष्टमा जोडियो, त्यसपछि माधुरीले तुरुन्तै सञ्जयसँग सम्बन्ध तोडिन् ।

  • सम्बन्धित विषय:

  • # प्रेममा रुवाउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology