Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फ्रान्समा २४ घन्टाभित्र भेटिए १ लाख भन्दा बढी कोरोना संक्रमित

फ्रान्समा २४ घन्टाभित्र भेटिए १ लाख भन्दा बढी कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७८ सोमवार • ११:४९:०२ बजे
  • 1.3K
    SHARES
  • फ्रान्समा २४ घन्टाभित्र भेटिए १ लाख भन्दा बढी कोरोना संक्रमित

    फ्रान्समा आइतबार कोरोना संक्रमितको नयाँ संख्या १ लाख ४ हजार ६११ कायम भएको छ । विगत ३ दिनदेखि लगातार कोरोनाका सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रबार ९४ हजार १२४ नयाँ संक्रमित भए भने शनिबार यसै भाइरसका कारण ८४ मानिसको मृत्यु भएको थियो । युरोपमा बेलायतपछि फ्रान्समा ओमिक्रोन संक्रमितको संख्या बढी देखिएको छ । यसका कारण १६ हजार मानिस अस्पतालमा भर्ती भएका छन् ।

    images


    राष्ट्रपति इम्याानुुयल म्याक्रोँ र उनका मन्त्रीहरु सोमबार एक भिडियो सम्मेलन गर्ने तयारीमा जुटेका छन् । यो मिटिङमा नयाँ कोभिड सुरक्षा उपायको बारेमा कुराकानी गरिने भएको छ । ओमिक्रोनले जसरी यूरोपका अन्य देशहरुमा होहल्ला मच्चाएको छ, त्यसरी नै फ्रान्सका स्वास्थ्य अधिकारी धेरै चिन्तित देखिएका छन् ।


    नाइट क्लब बन्द गरियो, आतिशबाजी कार्यक्रममा रोक


    शुक्रबार स्वास्थ्य अधिकारीले वयस्कलाई कोरोनाको दुबै डोज लगाएको ३ महिनापछि बुस्टर डोज लगाउन आग्रह गरेका छन् । फ्रान्समा हालसम्म १ लाख २२ हजार ५४६ मानिसको मृत्यु भइसकेको छ । यसैगरी ७६.५ प्रतिशतलाई पूर्ण रुपमा खोप लगाइसकिएको छ ।


    हाल फ्रान्समा कोरोनाको पाँचौ लहर चलिरहेको छ । भाइरसको विस्तारको गती रोक्न नाइट क्लब बन्द गरिएको छ । नयाँ वर्षमा आतिशबाजीको कार्यक्रममा पनि रोक लगाइएको छ । स्वास्थ्य मन्त्री ओलिभियन वेरेनले आफूहरुले बूस्टर डोजमा जोड दिएको बताएका छन् ।


    बेलायतमा सरदर दैनिक १ लाख संक्रमित, अमेरिकामा ४५ प्रतिशतको वृद्धि

    बेलायत र अमेरिकामा ओमिक्रोन संक्रमितको आंकडा तीव्र दरमा बढिरहेको छ । बेलायतमा गत साताबाट कोरोनाको औसत १ लाख संक्रमित फेला परिरहेका छन् । यसैगरी अमेरिकामा कोरोना संक्रमितको आंकडा ४५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा संक्रमितको आंकडा १.७९ लाख प्रतिदिन पुुगेको छ  । कोरोनाकै कारण अर्को वर्ष पनि क्रिसमसको पर्व अलिनो भएको छ । ओमिक्रानका कारण खतरमा २ गुणाले वृद्धि भएको छ । मानिस नत पहिलेको जस्तो खुलेर किनमेल गर्न पाएका छन् तन घरबाट बाहिर निक्लिएर खुसीनै मनाउन पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology