जेद्वा,साउदी अरब/तमू धी ,जेद्दा साउदी अरबले तमु (गुरुङ)हरुको महान चाड तमु ल्होसार “तो ल्हो”(बाघ बर्ग)को अवसरमा तमू ल्होसार विशेष कार्यक्रम यहि ३१ डिसेम्बर २०२१ शुक्रबारका दिन मनाउने भएको छ।
"सहयोग ,सदभाव र एकता - हाम्रो प्रमुखता " भन्ने मुल नाराका साथ स्थापित तमू धी जेद्धा साउदी अरबले स्थापना कालदेखि नै ल्होसार लगायत अन्य कार्यक्रमहरु पनि आयोजना गर्दै आइरहेको छ । बिहान १२ बजे देखि सुरु हुने कार्यक्रम ग्रीनलायण्ड होटेल - सरफ़िया जेद्दामा हुनेछ ।
बिबिध साँस्कृतिक कार्यक्रमहरु सहित विशेष सङगीतिक कार्यक्रम हुने भएकोले स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । साथै चर्चित कलाकारहरुले पनि आ- आफ्नो प्रस्तुति पस्किने र सांगितिक कार्यक्रम बिगतका कार्यक्रमहरु जस्तै बेजोड र भब्य रहने तमू धी जेद्दा साउदी अरबका अध्यक्ष बेद गुरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा उपस्थित भै कार्यक्रम भब्य सफल परिदिन अयोजक तुमू धी जेद्दा साउदी अरबले साउदी अरब पश्चिम् क्षेत्रमा रहनुहुने सम्पुर्ण गुरुङ समुदाय, गैर गुरुङ नेपाली दाजुभाइ तथा दिदिबहिनी ,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी , समाजसेवि, बुद्धिजीवी र पत्रकार लगायतलाई उपस्थितिको निम्ति अनुरोध समेत गरेका छन् ।
उक्त दिन तमू धी साउदी केन्द्रिय समितिले दम्मामको खोवारमा र कास्की समाज साउदीले रियादमा ल्होसार विशेष कार्यक्रम गर्ने भएको छ।