Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँका सन्तोष अधिकारीको साउदीमा निधन 

तनहुँका सन्तोष अधिकारीको साउदीमा निधन 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७८ मंगलवार • १६:२१:०४ बजे
  • 8.4K
    SHARES
  • तनहुँका सन्तोष अधिकारीको साउदीमा निधन 

    दम्माम ,साउदी अरेबिया/ कमाएर आफू र आफ्ना परिवारको लागि केही गर्छु भनेर वैदेशिक रोजगारको सिलसिलामा साउदी आएका तनहुँका सन्तोष अधिकारी सधैंको लागि साउदीमा नै अस्ताएको छ। 

    images

    साउदीको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम वायरहाउसमा कार्यरत तनहुँ  भानु नगरपालिका-१३का स्व बाबुलाल अधिकारीका ३३ बर्षीय छोरा सन्तोष अधिकारीको आइतबार दिउसो २ बजे सुतेको बेला निधन भएको उनका रुम पाटनरले जानकारी दिए।

    रातको ड्युटी गरि खाना खाई सुतेका उनी एक्कासि खोकेको जस्तो आबाज गरेपछि रुम पाटनरले अन्य साथी तथा कम्पनीलाई खवर गरेका थिए। कम्पनीले स्थानीय प्रहरी र एम्बुलेन्सलाई खबर गरि अस्पताल लगिएको थियो।अस्पतालले मृत्यु भएको घोषणा गरेका कम्पनीका सिनियर सेल्स सुपरभाइजर राजु केसीले जानकारी दिनुभयो। 
     
    आगामी फ्रेब्रुअरीमा घर जान तयारी गरेका अधिकारीको छुट्टी पास भइ टिकटको प्रोसेस रहेको र छुट्टी सम्बन्धि कुराले उत्साहित हुने उनी घर जान नपाई निधन भएको केसीले भावुक हुँदै बताउनुभयो ।

    उनको बारेमा परिवार र नेपाली दूतावासलाई जानकारी गराएको , आबस्यक कानुनी कारबाही गरेर शवलाई छिट्टै नेपाल पठाउने केसीले बताएको छन् । 

    राहदानी नम्बर ०८१६५१३७ बाहक मृतक अधिकारीको आमा ,श्रीमती एक छोरा र एक छोरी रहेको छ। जबान उमेरको अधिकारीको निधनले परिवारलाई ठूलो धक्का लागेको उनको साथीहरूले बताएको छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology