Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वभर कोरोना एकैदिन झण्डै १६ लाख संक्रमित

विश्वभर कोरोना एकैदिन झण्डै १६ लाख संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७८ बिहिवार • ०८:३२:५० बजे
  • 1.1K
    SHARES
  • विश्वभर कोरोना एकैदिन झण्डै १६ लाख संक्रमित

    एजेन्सी । विश्वभर एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

    images

    पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख ९४ हजार ९८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    थपिनेमा अमेरिकामा मात्रै ४ लाख ६५ हजारभन्दा धेरै छन् ।

    त्यसैगरी फ्रान्समा २ लाख ८ हजार, बेलायतमा एक लाख ८३ हजार, स्पेनमा एक लाख, इटलीमा ९८ हजार जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर यूरोपमा बढेको बताइएको छ ।

    यही अवधिमा ५ लाख ६९ हजार निको भएका छन् भने ६ हजार ६८१ जना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अमेरिकामा एक हजार पाँच सय, रुसमा ९३२, पोल्याण्डमा ७९४, यूक्रेनमा ३०७ जना रहेका छन् ।

    पछिल्लो एक दिनमा निको हुने अमेरिकामा ७२ हजार, जर्मनीमा ५९ हजार, फ्रान्समा ५६ हजार, बेलायतमा ४९ हजार, रुसमा ४२ हजार र टर्कीमा २५ हजार रहेका छन् ।

    यससँगै विश्वभर कुल संक्रमितको संख्या २८ करोड ४८ लाख पुगेको छ । तीमध्ये साढे २५ लाखभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ३७ हजारको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology