Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सन २०२२ भित्र कोरोनालाई जित्ने डब्लुएचओको विश्वास

सन २०२२ भित्र कोरोनालाई जित्ने डब्लुएचओको विश्वास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • ०८:३७:५७ बजे
  • 832
    SHARES
  • सन २०२२ भित्र कोरोनालाई जित्ने डब्लुएचओको विश्वास

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन २०२२ भित्र कोरोनामाथिको विजय प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।

    images

    डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताएका हुन् ।

    कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्नेमा उनले जोड दिएका छन ।

    डब्लुएचओ प्रमुख डा. गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ प्रवित्तीको आलोचना गर्दै त्यसो नगर्न चेतावनी दिएका छन ।

    दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ ।

    अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २८७ मिलियन पुगेको छ ।

    कोभिड–१९ का कारण ५५ लाख मानिसले ज्यान गुमाइसकेको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डब्लुएचओको विश्वास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology