Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको जम्मू–कश्मीरस्थित वैष्णो देवी मन्दिरमा भाडदौड, १२ को मृत्यु

भारतको जम्मू–कश्मीरस्थित वैष्णो देवी मन्दिरमा भाडदौड, १२ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • ११:१८:४२ बजे
  • 622
    SHARES
  • भारतको जम्मू–कश्मीरस्थित वैष्णो देवी मन्दिरमा भाडदौड, १२ को मृत्यु

    एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित माता वैष्णो देवी मन्दिर परिसरमा भाडदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ ।

    images

    घटनामा १३ जना घाइते घएका छन् । नयाँ वर्षका दिन भक्तजनहरुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    यो घटना त्रिकुटा पहाडमा रहेको मन्दिरको गृर्भगृहको बाहिर भएको हो ।

    भिडकैबीचमा विवाद उत्पन्न भएपछि मानिसहरुबीच एकले अर्कालाई धक्का दिन सुरु हुँदा भाडदौड मच्चिएको थियो ।

    ज्यान गुमाउनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू–कश्मीरका मानिसहरु रहेका छन् ।

    भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति शोक ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनहरुप्रति समवेदना व्यक्त गरेका छन ।

    भारत सरकारले भागदौडमा परि ज्यान गुमाउनेको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् प्रतिमृतक दुई–दुई लाख भारतीय रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँका दरले सहयोग दिने घोषणा गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology