Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

न्यूयोर्कमा राजेशपायल राईमाथि स्टेजमै हातपात (भिडियो सहित)

न्यूयोर्कमा राजेशपायल राईमाथि स्टेजमै हातपात (भिडियो सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७८ शनिवार • १६:५१:१३ बजे
  • 2.3K
    SHARES
  • न्यूयोर्कमा राजेशपायल राईमाथि स्टेजमै हातपात (भिडियो सहित)

    लोकप्रिय गायक राजेश पायल राईमाथि हातपात भएको छ ।

    images

    नयाँवर्ष सन् २०२२ को स्वागतमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राईमाथि हातपात भएको हो ।

    न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट अँगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए ।

    ती व्यक्तिलाई कार्यक्रममा सहभागी दर्शकले हातपातबाट हुनबाट जोगाएर त्यहाँबाट निकालेका थिए ।

    सांगीतिक कार्यक्रममा सबैजना झुमिरहेका बेला ती व्यक्ति अचानक स्टेजमा चढेर हातपात गर्ने प्रयास गरिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ । मेगास्टार (राई इज किङ) भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् ।

    गायक राईलाई हातपात कसले किन गर्यो भन्नेबारे खुल्न बाँकी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology